कपिलवस्तुको विजयनगर गाउँपालिका–६ सेमरी चाफामा भिषण आगलागी भएको छ । समयमाई सामुदायिक बनमा लागेको आगोे एक्कासी गहुँ खेत हुँदै गाउँमा पसेको वडा अध्यक्ष प्रेम बहादुर कलवारले बतनउनुभयो । दिउँसो करिब साढे १२ बजेतिर लागेको आगोले ४ घरगोठ, १२ कट्ठा बढी गहुँ बाली, २० बढी कुखुरा, ८० बढी कुखुराका चल्ला र १ ओटा बाख्रा जलेका छन् । शवराज नगरपालिका र कृष्णनगर नगरपालिको दमकल, प्रहरी र स्थानीयले ३ घण्टापछि आगोलाई नियन्त्रणमा लिएका छन् । यस विषयमा थप विवरण आउन बाँकी रहेको छ । यस्तै कपिलवस्तुको सुद्धोदन गाउपालिका वडा नम्बर ४ मुरफुटवामा फेरी गहुबालीमा आगलागी भएको छ ।
आगलागीबाट २२ कृषकको ९० क्युन्टल बढी गहु जलेर नष्ट , शुक्रवार साढे १२ बजेतिर लागेका आगोबाट ३ लाख ६० हजाको क्षति भएको ईलाका प्रहरी कार्यालय पकडीका प्रहरी निरीक्षक कमल क्षेत्रीले बताए । आगलागीको कारण भेन खुलेको छैन । कपिलवस्तु नगरपालिको दमकल, सुरक्षाकर्मी र स्थानीयको प्रयास पछि ढेड घन्टा पछि आगो नियन्त्रणमा आएको छ । यस अघि ३ दिन अघि सोही पालिकाको वडा नम्बर ३ ठुलो सिहयिनामा गहु खेतमा आगलागी हुदा २ सय क्युन्टल गहु जलेर सवा ८ लाखको क्षति भएको थियो । यस्तै मायदेबी गाउपालिका १ मेम्रौटीमा समेत कम्बाइननले गहु काटे पछि खेतमा रहेको ठुटामा समेत आगलागी भएको छ । दमकलले सो आगलागी नियन्त्रणमा आइसकेको छ













