शिवराज नगरपालिकाले वातावरणमैत्री नगर बनाउने उद्देश्यले नगरपालिकाका विभिन्न शाखालाई ६ वटा विद्युतीय स्कुटर (इलेक्ट्रिक स्कुटर ) वितरण गरेको छ।
स्कुटर वितरण कार्यक्रमलाई सम्बोधन गर्दै शिवराजनगरपालिकाका नगर प्रमुख अजय थापाले नगरपालिकाका विभिन्न शाखा र कर्मचारीहरूले यी विद्युतीय स्कुटरहरूको उपयोग गरेर पेट्रोल र डिजेलको अत्यधिक खर्चको बचावट संगै वायु प्रदूषणलाई नियन्त्रण गर्ने उदेश्यका साथमा पालिकाको करिव १० लाखको लागतमा स्कुटर वितरण गरिएको बताउनु भयो ।
उहाले नगरपालिकाको दिगो विकास र वातावरण संरक्षणमा सबै एकजुट हुन आग्रह गर्दै नगरलाई हरियाली र स्वच्छ वातावरणमा रूपान्तरण गर्ने सपना पुरा गर्न मद्दत पुर्याउन आग्रह गर्नुभयो ।
नगरको सुन्दरतामा मात्र होइन, वातावरणको संरक्षणमा पनि केन्द्रित रहेकाले नगरलाइ सौन्दर्यकरणका लागि चन्द्रौटा बजार क्षेत्रमा विभिन्न प्रजातिका फुलका गमला समेत राखिने उहाँले बताउनु भयो ।
विद्युतीय स्कुटर यात्राका लागि एउटा महत्वपूर्ण साधनको रुपमा विकास हुँदै आएको छ परिपेक्षमा नगरले समेत यसको उपयोग का लागि बितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत बाबुराम पौडेलले बताउनु भयो ।













