गोल्डेन पार्क्स एकेडेमीको १४ औं वार्षिक उत्सव तथा परिक्षाफल प्रकाशन कार्यक्रम  सम्पन्न

गोल्डेन पार्क्स एकेडेमीको १४ औं वार्षिक उत्सव तथा परिक्षाफल प्रकाशन कार्यक्रम  सम्पन्न

नवराज पौडेल कपिलवस्तु ।।

कपिलवस्तुको शिवराज नगरपालिका ३ मा रहेको  गोल्डेन पार्क्स एकेडेमीको १४ औं वार्षिक उत्सव तथा शैक्षिक सत्र २०८१ को वार्षिक परीक्षाफल कार्यक्रम सप्पन्न भएको छ ।
विद्यालयका संस्थापज अध्यक्ष  ईश्वरी प्रसाद पाण्डेको अध्यक्षतामा र लुम्बिनी प्रदेश सभासद अर्जुन कुमार केसी ज्यूको प्रमुख आथित्यामा सम्पन्न  कार्यक्रममा विद्यालयका शिक्षक-शिक्षिकाहरू, विभिन्न विद्यालयका प्रधानाध्यापकहरू, अभिभावकहरू र विद्यार्थीहरूको उपस्थितिमा विभिन्न सांस्कृतिक कार्यक्रमहरूको आयोजना गरिएको थियो।

विद्यार्थीहरूले आफ्नो कला र प्रतिभा प्रस्तुत गर्दै कार्यक्रमलाई विशेष आकर्षक र मनोरञ्जनपूर्ण बनाएका थिए।
कार्यक्रमको उद्घाटन समारोहमा विद्यालयका अध्यक्ष इस्वरी  प्रसाद पाण्डेले विद्यालयको शैक्षिक सफलता र विद्यार्थीहरूको समग्र विकासको मार्गमा भइरहेका प्रयत्नहरूलाई मूल्यांकन गर्दै, आगामी दिनमा अझ उत्कृष्टता हासिल गर्ने प्रतिबद्धता जनाउनु भयो ।  प्रमुख अतिथि लुम्बिनी प्रदेश सभासद अर्जुन कुमार केसीले शिक्षा र संस्कृतिका क्षेत्रलाई अझ सुदृढ बनाउँदै, समाजको समग्र प्रगतिको लागि सबैको योगदान आवश्यक रहेको बताउनुभयो।
कार्यक्रममा  विभिन्न सांस्कृतिक कार्यक्रमहरूसँगै विद्यालयका विद्यार्थीहरू तथा शिक्षिकाहरुले  आत्मविश्वासका साथ आफ्नो कला प्रस्तुत गर्दै, कार्यक्रमलाई मनोरञ्जन र प्रेरणाको स्रोत बनाएका थिए।  कार्यक्रमलाई अझै उत्कृष्ट तथा विद्यार्थीको क्षमता अभिवृद्दिकालागी विद्यार्थीलाई नै कार्यक्रम सन्चालन जिम्मा दिइएको थियो ।

कार्यक्रममा सहभागी सबैको सहयोग र योगदानले यो कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको प्र.अ राम चन्द्र अधिकारिले बताउनु भयो । गोल्डेन पार्क्स एकेडेमीको १४ औं वार्षिक उत्सवले विद्यालयको शैक्षिक र सांस्कृतिक क्षेत्रमा भएका प्रगतिको प्रदर्शन गर्दै भविष्यमा अझ उचाइमा पुग्ने आशा र उत्साहको वातावरण सिर्जना गर्ने प्रयन्त गरिएको उहाले बताउनु भयो ।

प्रतिक्रिया
सम्बन्धित खवर