गहुँको ठेटामा आगो नलगाउन शिवराज नगरपालिका वडा नं. ३ को अनुरोध
कपिलवस्तुको- शिवराज नगरपालिका वडा नं. ३ स्थित किसानलाई गहुँको ठेटामा आगो नलगाउन आग्रह गर्दै वडा कार्यालयले एक सुचना जारी गरेको छ। गर्मी यामको समयमा हावाहुरीको कारण आगो छिट्टै फैलिने र यसले जनधनको ठूलो क्षति पुर्याउन सक्ने भएकाले वडाले सुचना प्रकाशित गरेको हो ।
वडा अध्यक्ष टेकलाल सापकोटाले “गर्मीको मौसम सुरु भइसकेको छ, र यस समयमा हावाहुरीको प्रभावले आगो फैलिन सक्ने जोखिम बढी रहेकाले किसानहरूले आफ्नो खेतमा गहुँको ठेटामा आगो नलागाउने तर्फ विशेष ध्यान दिनु आवश्यक रहेको बताउनु भयो । आगलागीका घटनाहरूले ठूलो जनधनको क्षति पुर्याउन सक्छ, जसका कारण समुदायका लागि गम्भीर समस्याहरू सिर्जना हुन सक्छ।”उहाँले भन्नू भयो ।
“हामीले यसबारे किसानसँग व्यक्तिगत रुपमा पनि चर्चा गरेका छौं र आगो नलगाउनको महत्त्वबारे सचेत गराएका छौं। हाम्रो मुख्य उद्देश्य भनेको गर्मी याममा आगलागीबाट बच्न र हाम्रो समुदायको सुरक्षालाई प्राथमिकता दिनु हो।
अध्यक्ष सापकोटाले नगरपालिकाका सबै नागरिकलाई पनि आगो नलगाउने र यस सम्बन्धमा सजग रहने अनुरोध गर्नु भएको छ । उहाँका अनुसार, आगलागीको जोखिमलाई रोक्नका लागि यससम्बन्धी सबैलाई जिम्मेवार बन्नु पर्ने बताउदै
वडा कार्यालयले किसानहरुलाई आगो नलगाउने उपायहरू बारे सचेत गराउने विभिन्न कार्यक्रमहरूको योजना बनाइएको बताउनु भयो । यसले गर्दा गर्मीको मौसममा आगलागीका जोखिमलाई कम गर्न र जनस्वास्थ्य र सुरक्षा सुनिश्चित गर्न मद्दत पुर्याउने अपेक्षा गरिएको छ।














