शैक्षिक क्षेत्र संकटमा, शिक्षक र कर्मचारीका माग सम्बोधन गर्न सरकारसँग थापाको आह्वान ।।

शैक्षिक क्षेत्र संकटमा, शिक्षक र कर्मचारीका माग सम्बोधन गर्न सरकारसँग थापाको आह्वान ।।

नवराज पौडेल कपिलवस्तु ।।

शिवराज नगरपालिकाका नगर प्रमुख अजय थापाले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई पठाउनु भएको छ । शैक्षिक क्षेत्रमा गम्भीर संकटको समाधान गर्नका लागि उहाँले पत्राचार गरिएको बताउनु भयो । विद्यालय शिक्षा ऐनको तत्काल परिमार्जन र शिक्षक तथा कर्मचारीहरूको जायज माग सम्बोधन नगरेको विरोधमा सुरू गरिएको अनिश्चितकालिन आन्दोलनको कारण शैक्षिक सत्र र विद्यार्थी भर्ना अभियानमा ठूलो असर परेको पत्रमा उल्लेख गरिएको छ ।

, शिवराज नगरपालिका अन्तर्गतका विद्यालयका शिक्षक र कर्मचारीहरूले विद्यालय शिक्षा ऐन लागू नगरेको र आफ्ना मागहरूको यथोचित सम्बोधन नगरेको भन्दै विरोधमा अनिश्चितकालिन आन्दोलन थालेका छन्। यस आन्दोलनको परिणामस्वरूप, शैक्षिक सत्र २०८१ को वार्षिक परीक्षाका उत्तरपुस्तिका परीक्षण र नतिजा प्रकाशनसँगै, आगामी शैक्षिक सत्र २०८२ को विद्यार्थी भर्ना अभियान समेत प्रभावित भएको कुरा प्रस्तुत गरिएको छ।
उहाँले शिक्षामा सुधार र शिक्षकहरूको हकहितको लागि सरकारसँग तत्काल कदम चाल्न आह्वान गर्दै उनीहरूको जायज मागलाई सम्बोधन गर्न आग्रह गर्नु भएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ