विद्यालयहरूमा कार्यरत शिक्षक/शिक्षिकालाई दरबन्दी मिलानमा मनोमानी नगर्न काङ्ग्रेस आग्रह
कपिलवस्तुको शिवराज नगरपालिका अन्तर्गत रहेका सामुदायिक विद्यालयहरूमा कार्यरत शिक्षक/शिक्षिकालाई दरबन्दी मिलानको नाममा तथा विभिन्न बहानामा मनोमानी रूपमा सरुवा गर्न लागेको प्रति नेपाली काग्रेस शिवराज नगर समिती कपिलवस्तुले ध्यानाकर्षण गराएको छ ।
शिक्षा क्षेत्रलाई राजनीतिक हस्तक्षेपबाट टाढा राख्नुपर्ने साझा धारणा विपरीत, शिक्षकहरूको इच्छा र सहमति विना सरुवा गर्ने कार्यले शिक्षा क्षेत्रमा नकारात्मक प्रभाव पार्ने देखिएकोले, गम्भीर ध्यानाकर्षण भएको नेपाली कांग्रेस शिवराज नगर समितीका सभापति मदुसुदन पोख्रेलले जानकारी दिनुभयो ।
कुनै पनि शिक्षक/शिक्षिकालाई जबर्जस्ती सरुवा गरिएमा शिक्षकलाई जबर्जस्ती दरबन्दी मिलान, दरबन्दी थपको नाममा सरुवा, काज सरुवा गरिए नेपाली कांग्रेस शिवराज नगर समिति कडा रुपमा प्रतिकार गर्ने चेतावनी दिएको उहाले बताउनु भयो ।
शिक्षा क्षेत्रको मर्यादा जोगाउन र शिक्षकमाथि अन्याय हुन नदिन सम्बन्धित सबै राजनीति दल, बुद्धिजीवी शिक्षाप्रेमी अभिभावक, विद्यार्थी लगायत सम्पूर्णमा जिम्मेवार बन्न र सरुवा सम्बन्धि गलत निर्णय रोक्न नेपाली कांग्रेस शिवराज नगर समिती कपिलवस्तुले आग्रह गरेको छ ।














