शिवराज ३ मा निशुल्क आँखा शिविर सम्पन्न ३२७ जना लाभान्वित

शिवराज ३ मा निशुल्क आँखा शिविर सम्पन्न ३२७ जना लाभान्वित
नवराज पौडेल लोक सञ्चार मिडिया प्रा.लि क.व

कपिलवस्तुको शिवराज नगरपालिका ३ मदवामा निशुल्क आँखा शिविर सम्पन्न भएको छ । वडा नम्बर ३ को आयोजना , रुइत फाउन्डेसन काठमाडौको सहयोग तथा छन्दकाले बाबू नारायणी आँखा अस्पताल बहादुरगन्जको प्राविधिक सहयोगमा बिहिवार मदवामा रहेको आधारभुत विद्यालयमा शिविर सम्पन्न भएको हो । शिविर कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष टेकलाल सापकोटाले वडाले हरेक वर्ष शिविर संचालन हुँदै आइएरहेको बताउनु भयो ।

उहाले गाउँगाउमा वडा बासिलाइ सेवा दिने हेतुले कार्यक्रम संचालन गर्दा पहिले को तुलनामा आखाका बिरामी घटेको बताउनु भयो । वडाले महिलाको वडावासिलाइ निरोगी बनाउन पाठेघरको मुखको क्यासर जाँच शिविर जस्ता अन्य कार्यक्रम समेत गर्दै आइरहेको सापकोटाले बताउनु भयो । शिविरमा वडा नम्बर आजको ३२७ जनाले आखाको चेकजाँच गराएका छन । भने मोतियाबिन्दुको अपरेसन गर्नुपर्ने ११ जना भएको र १४७ जनालाइ निःशुल्क चस्मा वितरण गरिएको चनइ स्वास्थ्य चौकीका प्रमुख जितेन्द्र बिसिले बताउनु भयो ।

प्रतिक्रिया
सम्बन्धित खवर