शिवराज ५ मा गर्भवती र सुत्केरी महिलालाई अण्डा र झन्डा वितरण ।। 

शिवराज ५ मा गर्भवती र सुत्केरी महिलालाई अण्डा र झन्डा वितरण ।। ’

चन्द्रौटा -कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर ५ ले गर्भवती तथा सुत्केरी महिलाको स्वास्थ्य सुधार र पोषणका लागि  “घरघरमा झन्डा, सुत्केरी  आमाको हातहातमा अण्डा”  कार्यक्रम अन्तरगत वडाभित्र रहेका १५० जना गर्भवती र सुत्केरी महिलालाई एक–एक क्यारेट अण्डा र निलो झन्डा वितरण गरिएको वडा अध्यक्ष नेत्र प्रसाद बेल्बासेले जानकारी दिनुभयो।

वडामा रहेका सुत्केरी आमा तथा नियमित गर्भ जांच गरेका गर्भवतीलाई एकएक क्यारेट अण्डा र घरमा राख्नका लागि निलो झन्डा प्रदान गरिएको अध्यक्ष बेल्बासेले जानकारी दिनु भयो।यो कार्यक्रमले आमा र बच्चालाई स्वास्थ्य राख्न र घरमा प्रसूति गराउनेको सङ्ख्या शून्य बनाउन मद्दत गर्ने बताउनु भयो ।सुत्केरी आमाको घरको पहिचानको गर्न घरमा राखेको झन्डाका आधारमा महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मीलाई पहिचान गर्न सहज हुने बताउनु भयो ।

गर्भवती र सुत्केरीका लागि पोषिलो खानेकुरासहित घरभेट कार्यक्रमसमेत सहज हुने शिवराज आधारभुत अस्पतालका प्रमुख बिरेन्द्र  मिश्रले बताउनु भयो ।महिलाको स्वास्थ्य अवस्था, जाँच, पोषण, स्याहारजस्ता काम यो अभियानले टेवा पुग्ने उहाँले बताउनु भयो। अन्डा र झन्डा बितरण कार्यक्रममा  वडा सदस्य  सीता रेग्मी , धनिराम थारु , स्वास्थ्य  स्वयंसेविका लगायतको सहभागी  रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ