केयर सिह अदै कपिलवस्तु
जुन वर्गले ८;घण्टा काम को ग्यारेन्टी गरायो त्यही वर्ग माथि विभेद किन ? संदर्भ १३६ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस
आज में १ २०२५, १३६ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस, ८ घण्टा काम , ८ घण्टा आराम, ८ घण्टा मोनोरञ्जन को माग को लागि मजदुर हरुले आन्दोलन सुरु गरेको दिन हो ।
अमेरिका को शिकाको शहरमा सन् १८८६ मै १ तारीख मा मजदुर हरुले आन्दोलन सुरु गरेका थिए । त्यो भन्दा पहिला संसारमा कामगर्ने मजदुर को समय सीमा थिएन, १८ घण्टा,२० घण्टा सम्म पूँजीपति हरुले काम मा लगाउँथे, बेलायत मा भएको औद्योगिक क्रांति ले ठूलो हलचल ल्यायो, सन्१८०२ देखि नै त्यहाँ कम्पनी हरुको सुरुवाती भयो । १०० मजदुरले गर्ने काम एउटा मेसिन ले गर्न थाले पछि मजदुर हरु बेरोजगार जस्तो भए, समस्या आउन थाल्यो र मजदुर हरु संगठित हुन थाले, मेसिन तोडफोड गर्न थाले, नाराजुलुस गर्न थाले, काल्पनिक समाजवादी हरुको प्रभाव मा धेरै वर्ष मजदुर आन्दोलन चल्यो ।
म्याक्स अङ्लेस ले सन्१८४८ मा कम्निस्ट घोषणा सार्वजनिक गरे त्यो घोषणा पत्र को मुख्य नारा संसारका मजदुर एक हौ , भन्ने थियो, यो नारा चर्चित हुन थाल्यो, यो भन्दा पहिले फ्रान्स, र जर्मनी का मजदुर आन्दोलन मा पटक पटक धोखा खाएका मजदुर संगठन हरु संसारका मजदुर एक हौ भन्ने आधारमा पुन नयाँ तरिकाले अगाडि बढ्न थाले, पूँजीवाद ले अन्तर्राष्ट्रिय रूप लिए सँगै मजदुर वर्ग ले पनि अन्तर्राष्ट्रिय स्तरको मजदुर संगठन निर्माण गर्ने पहल कदमी गरे
फ्रान्स, र बेलायत का मजदुर हरुको पहल मा सन् १८६४ मा अन्तर्राष्ट्रिय मिहिनेत कस मजदुर संघ गठन भयो, यसलाई कम्निस्ट इति हास मा प्रथम अन्तराष्ट्रिय भनिन्छ ।
यसले संसारका मजदुर एक हौ भन्ने नारा लाई कार्यान्वयन गर्ने काम गर्यौ, मजदुर आन्दोलन को समीक्षा गर्यो,यो सम्मेलनमा विभिन्न विचार राख्ने व्यक्ति हरु सम्मिलित थिए, सही दिशा दिन लाई चुनौती थियो, ट्रेड युनियन बादि, अर्थ बादि, अराजकता बादि हरु हावी थिए ।
यो प्रथम सम्मेलन पछि ब्रिटेन, स्विजरल्याण्ड ,बेल्जियम मा पनि मजदुर संगठन निर्माण भए, मजदुर आन्दोलन ले नयाँ रुप लिंदै गयो, यही बीचमा कार्ल माक्स ले पूंजी को भाग १ सन् १८६७ मा प्रकाशित गरे यसले मजदुर वर्ग लाई प्रशिक्षित गर्यो, ८ घण्टा काम ,को माग १८६६ देखि ६० वटा मजदुर संगठन को बाल्टिमोरको भेलाले सुरु गर्ने निर्णय गरेको थियो । आन्दोलन बढ्दै जाँदा में १, १८८६ मा अमेरिकाको सिकाको शहरमा मजदुर हरुले निर्णायक आन्दोलन को सुरु गरेका हुन्, यस दिन लाखौं मजदुर सडकमा आए, आम हड्ताल भयो, २ में मा आन्दोलन अन्य शहर हरुमा पनि शुरु भयो ।
३ मैं को दिन आन्दोलन मा घुस पैथ भयो, एक जना ले पुलिस भएको तिर बम पड्कायो, पुलिस ले मजदुर आन्दोलन माथि गोली बर्सायो, यस दिन पाँच जना मजदुरको ज्यान गयो, ५० जना घाइते भए ।
मजदुर हरुले में १४ मा सरकार बिरुद्ध हे मार्केट मा प्रदर्शन गर्ने घोषणा गरे र प्रदर्शन गरियो । यो आन्दोलमा पनि व्यापक दमन गरियो, सात जना पुलिस र ४ जना मजदुर को ज्यान गयो । सरकारले मजदुर नेता हरुलाई हत्यारा को बिल्ला भिराएर प्रतिक्रिया बादि अदालतमा खडा गर्यो मजदुर नेता हरुपार सन्, स्पाइस, फिसर र यंगेल लाई फाँसीको सजाय सुनायो, यो घटनाले मजदुर आन्दोलन विश्व व्यापी बन्न्यो, सन् १८८९ को जुलाई मा पेरिसमा २० वटा मुलुक का ३९१ प्रतिनिधि हरुको एक भेला सम्पन्न भयो । भेला ले विश्व सर्वहारा वर्ग का महान नेता फ्रेडरिक एन्लेस को नेतृत्व मा अन्तर्राष्ट्रिय मिहिनेत कस जनता को संघ, दृतिय अन्तर्राष्ट्रिय गठन गरियो
मजदुर आन्दोलन को समीक्षा गर्दै , यो दृत्तिय अन्तराष्टियले मे १ लाई अन्तर्राष्ट्रिय श्रमिक दिवस को रूपमा मनाउने निर्णय गरेको थियो । यो दृतित अन्तर्राष्ट्रिय मा कॉल काउत्सी, क्यालारा जेटकिन, प्लखानोब, बर्न इस्तिन, जस्ता प्रसिद्ध मजदुर नेता हरुको उपस्थिति थियो । ४ जना मजदुर लाई फासी दिएको ४ वर्ष पछि अमेरिकी सरकारले मजदुर हरुको ८ घण्टा काम माग पूरा गर्न विवश भयो, यसरी मजदुर हरु को महान त्याग बलिदान, बात प्राप्त ८ घण्टा काम ,८ घण्टा आराम, ८घण्टा मोनोरञ्जन्, को माग लागू भएको हो तर अहिले साम्राज्य बादि युगमा ती माग हरु मा विभेद भएको छ, खुल्ला अर्थ नीति र उदारीकरण ले एकाधिकार जमाउँदै गएको छ भने सीमित प्राप्त मजदुर हक अधिकार कुण्ठित हुँदै गएका छन् ।
ट्रेड युनियन अधिकार , श्रम ऐन, लागू छैन, तोकिए बोमोजीम पारिश्रमिक छैन, ठेक्का पट्टा ले गर्दा मजदुर को स्थायी छैन, स्थायी नभइकन राज्यको सुविधा पाउने कुरा पनि भएन, बोनस, आवास, स्वास्थ्य सुविधा, सामाजिक सुरक्षा कोष , जस्ता श्रम ऐन ले दिएका अधिकार १० प्रतिशत पनि लागि भएको छैन श्रम गर्ने रगतलाई पसिना मा परिणत गरेर उत्पादन गर्ने श्रमिक वर्ग ले रगत सित साटेर, फासी मा लटकेर आयको ८ घण्टा काम ८ घण्टा, आराम, ८ घण्टा मोनोराञ्जन, को ग्यारेन्टी गरेका हुन्, तर आज कुर्चिमा बस्ने, कलम चलाउने वर्ग , बौद्धिक वर्ग लाई स्वर्ग भयो जसले स्थापित गरायो ।
त्यहि वर्ग माथि विभेद गरिएको छ, यो पुँजीवादी व्यवस्था मा मजदुर किसान को , हक , हित , को संरक्षण हुने छैन, १३६ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस को अवसरमा शुभकामना छ ।













