नदिजन्य सामाग्री निकासी दोहन समाचारमा वडा अध्यक्षको खण्डन

नदिजन्य सामाग्री निकासीमा दोहन समाचारमा वडा अध्यक्षको खण्डन
कपिलवस्तु ,
लोक मिडिया प्रा.लि द्वारा संचालित लोक संचार अनलाइन डटकम मा यहि बैशाख ६ गते प्रकाशन भएको समाचारमा विजयनगर गाउँपालिकाल वडा नं. ५का अध्यक्षले खण्डन गर्नु भएको छ ।
वडा अध्यक्ष मुसलमानले यस मिडिया प्रा.लि.लाई पत्राचार गर्दै समाचारमा प्रकाशित भए बमोजिम चिरइ खोला निकासीमा आफ्नो कुनै संलग्नता नभएको उल्लेख गर्नु भएको छ । अध्यक्ष मुसलमानले गाउँपालिकाको नियमानुसार निकासा खोलेको र आफुलाई बदनाम गर्न समाचारमा नाम जोडि चरित्रहत्या गर्ने प्रयास भएको उल्लेख गर्नु भएको छ । वडा अध्यक्ष मुसलमानले समाचार लेख्दा सम्बन्धित पक्षलाई सोधि लेख्नुपर्ने भए पनि पूर्वाग्राही रुपमा समाचार लेखिएको जनाउनु भएको छ ।
समाचार लेख्दा सम्बन्धित व्यक्तिसंग नबुझि समाचार प्रकासित गरि मानमर्दन गरेको पत्रमा उल्लेख गर्नु भएको छ । सम्बन्धित मिडिया संग संवाद नभएको उल्लेख गर्दै पत्रकारले धम्की पूर्ण भाषा प्रयोग गरेको उल्लेख गर्नु भएको छ । अब उप्रान्त यस्ता कमिकम्जोरी मिडियाले नगर्न र समाचारमा सम्बन्धित पक्षका कुरा समेत राखेर समाचार बनाउनु पर्नेमा अध्यक्ष मुसलमानले पत्रमा उल्लेख गर्दै खण्डन प्रकासित गरिदिन भन्नु भएको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ