हजले पाप नाश गराउने विश्वास, जीवनमा एकपटक मक्का जाने चाहना ।।

हजले पाप नाश गराउने विश्वास, जीवनमा एकपटक मक्का जाने चाहना ।।
कपिलवस्तु ,,
मुस्लिमहरुको तीर्थस्थल साउदी अरेबियास्थित मक्का मदिना जानका लागि कपिलवस्तुबाट हजयात्री प्रस्थान गरेका छन् । जिल्लाका १० स्थानीय तहबाट  १ सय ८९ हजयात्री हज यात्राका लागि आइतबार काठमाडौं प्रस्थान गरेका हुन । गतवर्ष जिल्लाबाट १९१ हजयात्रामा गएका थिए । सदरमुकाम तौलिहवा, पकडी, चन्द्रौटा, कृष्णनगरबाट अरब जानका लागि उनीहरु काठमाडौं लागेका हुन् ।
हजयात्रीलाई बिदाई गर्न उनीहरुको आफन्त तथा गाउँलेहरु भेला भएका थिए ।  बक्राईदन मनाउन उनीहरु त्यहाँ जान लागेका हुन ।
नेपालभरबाट यसवर्ष १ हजार १७१ जना हजयात्रामा जान लागेको हज समितिले जनाएको छ । गतवर्ष यो संख्या १ हजार ११९ थियो ।

मक्कामदीना यात्रा गर्नेलाई अल्लाहको दृष्टि प्राप्त हुन्छ भन्ने विश्वास रहेको छ  । मक्का अल्लाहको घर र माहोम्मदको जन्मथालोकोरुपमा रही आएको उनले बताए । ‘हज गर्नाले जस्तो सुकै ठुलो अपराध र पाप गरे पनि नाश भई भर्खर जन्मेको बच्चा जस्तै पवित्र हुन्छ’ उनले भने ।
हजयात्रीले ३० दिन मक्का र १० दिन मदिनामा धार्मिक यात्रा गर्नुपर्छ । मक्कामा सात पटक परिक्रमा तवाफ) गर्नुपर्छ जसले एक हज (कावा) प्राप्त हुन्छ । इदुुल अजाहा (बक्राईदका दिन) बिशेष नवाज पढ्दै कुर्वानी दिने चलन छ । हजयात्रा गर्नेलार्ई हाजी भन्ने चलन रहेको बताईएको छ ।
काठमाडौंबाट जेठ ८ जेठ गतेसम्म ११ समूहमा उनीहरु यात्रामा जानेछन् । चन्द्रमाको उपस्थितिले तय हुने ईदमा जेद्दाबाट ८० किलोमिटरको दुरी तय गरि पैगम्बर मोहम्मदको जन्मस्थान (खान ए कावा) मा परिक्रमा गरि मक्काको मिना मुद्दिलफा आराफातमा ५ दिन बसि नवाज अदा गर्नेछन् । त्यसपछि पैगम्बर मोहम्मदको कब्रस्थान रहेको मदिनामा पुगी १० दिन नबाज पढेपछि हज पूरा हुनेछ । मुस्लिम समुदायले जीवनमा कम्तीमा एक पटक मक्का मदिना जाने चहाना राख्छन । अति गरीब परिवारले समेत रिन सरसापटक समेत लिएर मक्का मदिना जाने गरेको पाईएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ