राष्ट्रिय जनमोर्चाले गर्यो अग्नि पीडित हरुलाई राहत वितरण
कपिलवस्तु ,
कपिलवस्तु जिल्ला शिवराज नगर पालिका वडा नं ११ को सडवा गाउँमा भएको आगलागी बाट पीडित परिवार हरुलाई आज राष्ट्रिय जनमोर्चा शिवराज नगर समिति ले राहत वितरण गरेको छ ।
राष्ट्रिय जनमोर्चा जिल्ला सचिव केर सिंह अदै को नेतृत्वमा गएको टोलीले चामल, दाल्, आलु, प्याज, सब्जी, बिस्कुट आगलागी पीडित परिवार हरुलाई वितरण गरिएको हो, यही वैशाख ३० गते सडवा दलित बस्तीमा आगोलागी भएको हो, ६ घर पूर्ण रूपमा जलेका छन भने ५ गोठ मा आगलागी बाट क्षति भएको छ ।
पूर्ण घर जलेका मध्य, बाकेलाल कोरी, दिनेश कोरी, राम वली कोरी, सञ्जय कोरी , शिव चरण कोरी, पुनबंशी कोरी छन, दिनेश कोरी को नगद १ लाख ५० हजार जलेको केही आधा जलेको छ, उक्त दिन दिउँसो चाउचाउ पकाएर खाँदा सो आगलागी भएको हो, पीडित दलित परिवार हरुको कुनै नम्मरी जग्गा नभएको, ऐलानी जग्गा मा तिनको छानो ताती ले बारेर बसेका थिए ।
राहत वितरण मा जातीय समता समाज का जिल्ला अध्यक्ष दिल बहादुर विक, राष्ट्रिय जनमोर्चा जिल्ला सदस्य राम बहादुर चमार, अखिल नेपाल बुद्धिजीवी संघ का जिल्ला सदस्य छन्द बहादुर केसी, राजमो शिवराज नगर समिति सदस्य प्रकाश विक को उपस्थिति रहेको थियो













