मनकामना सामुदायिक बनमा गैरेको उम्मेदवारीमा उत्साह, अनियमितता बिरुद्धको जनमत बटुल्दै ।।

मनकामना सामुदायिक बनमा गैरेको उम्मेदवारीमा उत्साह, अनियमितता बिरुद्धको जनमत बटुल्दै ।।
नवराज पौडेल कपिलवस्तु

कपिलवस्तुको, शिबराज–१ शिवपुर स्थित रहेको मनकामना सामुदायिक वन उपभोक्ता समूहको अध्यक्ष पदका लागि नेकपा (एमाले) समर्थित डिल प्रसाद गैरेको उम्मेदवारीले शिबराज नगरपालिकाका उपभोक्तामा आशा र उत्साहको लहर ल्याएको छ। समुदायको आवाजलाई समेट्दै गैरेले स्पष्ट सन्देश दिएका छन्— “अब वन स्रोतमा लुट, अनियमितता र मनोमानी सहन्न।”
यो निर्वाचन केवल नेतृत्व परिवर्तनको कुरा होइन, यो सामुदायिक वनलाई पुनः जीवन्त बनाउने संघर्ष हो। अघिल्ला अध्यक्ष राम बहादुर केसी नेतृत्वमा व्यापक अनियमितता, स्रोत दुरुपयोग र वन दोहनको आरोपसहित हाल मुद्दा चलिरहेको अवस्थाले उपभोक्ता समूहमा गहिरो असन्तुष्टि सिर्जना गरेको छ। स्थानीयवासीहरुले वन क्षेत्रमा गरिएको चरम लापरवाही, लेखाप्रणालीको अपारदर्शिता, तथा लाभांश वितरणमा भेदभाव भएको भन्दै लामो समयदेखि आवाज उठाउँदै आएका थिए।
गैरे भने सुधार, पारदर्शिता र सहभागितामूलक नेतृत्वको प्रतिक बनेका छन्। उनी भन्छन्, “सामुदायिक वन हाम्रो साझा सम्पत्ति हो, यो केही व्यक्तिको स्वार्थको शिकार हुन दिन्न। अबको नेतृत्वले विगतका गल्ती सच्याएर सबल, सशक्त र समावेशी वन समिति बनाउनेछ।”
विगतमा वन क्षेत्रमा भएको दुरुपयोगको निष्पक्ष छानबिन र दोषी उपर कारबाही सुनिश्चित गर्ने, प्रत्येक आर्थिक गतिविधि सार्वजनिक गर्ने, वार्षिक लेखा परीक्षण अनिवार्य गर्ने, महिला, दलित, जनजाति र युवाको सहभागिता सुनिश्चित गर्ने, आगलागी नियन्त्रण, चरन व्यवस्थापन, बिरुवा रोपाइँ तथा सोलार सुरक्षा प्रणाली स्थापना गर्ने, वन लाभांशबाट सडक, खानेपानी, सामुदायिक भवनजस्ता पूर्वाधार निर्माणमा प्राथमिकता दिने,
गैरेले प्रतिबद्द्ता जनाएका छ्न ।
स्थानिय युवा कृष्ण पुनका अनुसार हामीले अब अघिल्लो जस्तो अन्धकार चाहिँदैन। गैरे जस्तै स्पष्ट दृष्टिकोण भएका, जनउत्तरदायी उम्मेदवारलाई जिताएर मात्र समुदाय बचाउन सकिन्छ।”
मतदान प्रक्रिया पारदर्शी र निष्पक्ष बनाउन उपभोक्ता समूहले निर्वाचन कार्यतालिका प्रकाशित गरिसकेको छ। जेठ १७ गते बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म हुने मतदानमा सदस्य रजिष्टरमा नाम भएका व्यक्तिहरुले मात्रै भाग लिन सक्नेछन्।
सामुदायिक सम्पत्तिको रक्षाका लागि जनताले गर्ने निर्णय हो। यदि वन जोगाउनु छ, पारदर्शिता चाहिन्छ, अनि सामूहिक नेतृत्वमा विश्वास छ भने— डिल प्रसाद गैरे नै उपयुक्त विकल्प हुन्। पुनले भने । “विगतले वन बिगार्‍यो, अब वर्तमानले सुधार्ने हो – गैरेको हातमा नेतृत्व देऊ, वनको भविष्य सुरक्षित बनाऊ।”
गैरेको विपक्षमा बिनोद कुवरले उम्मेद्बारी दिएका छ्न ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ