अध्यक्ष थापाको पहलमा विजयनगरले संसदीय कोषमार्फत पायो ३१ करोडको बजेट ।।
चन्द्रौटा – कपिलवस्तुको विजयनगर गाउँपालिकामा संघीय सरकार( संसदीय कोष)बाट करिब ३१ करोड ५२ लाख रुपैयाँ बराबरको बजेट पारित भएको छ। गाउँपालिका अध्यक्ष गोपाल थापाको निरन्तर प्रयास तथा आग्रहमा गाउँपालिकामा सडक, शिक्षा र तटबन्ध निर्माणजस्ता महत्वपूर्ण क्षेत्रहरूमा विकासका लागि उक्त बजेट आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रममा समाबेश भएको हो ।
पालिकाको विकासका संघिय सरकार म्को बजेटमा समाबेश गर्न भुमिका खेल्ने संघीय सरकारका भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी, राष्ट्रिय सभा उपाध्यक्ष बिमला घिमिरे, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री रुपा विक, संघीय सांसद मंगलप्रसाद गुप्ता, संघीय सांसद सराज अहमद फारुकी लगायतलाई विजयनगर गाउँपालिकाका अध्यक्ष गोपाल थापाले धन्यवाद दिनु भएको छ।
यस बजेटले हाम्रो गाउँपालिकाको पूर्वाधार, शिक्षा र वातावरण संरक्षणमा ठूलो योगदान पुर्याउने बताउनु भयो।संघीय सरकार र जनप्रतिनिधिहरूको सक्रिय सहयोगले यो बजेट पारित भएको हो। यसले हाम्रो गाउँपालिकाको समग्र विकासमा ठुलो योगदान पुर्याउने छ अध्यक्ष थापाले भन्नु भयो ।
विजयनगरमा सडक पूर्वाधार सुधारका लागि नेवलागञ्जदेखि जवाबैराठसम्मको सडक कालोपत्रे गर्न तीन करोड रुपैयाँ, भगीरामपुर–नयाँगाउँ–मधनगरा–जवाबैराठ सडकको लागि तीन करोड रुपैयाँ र पडरिया–इमिलीखर्क–बरगदवा–महिलवार सडकको स्तरोन्नतिका लागि पनि तीन करोड रुपैयाँ छुट्याइएको छ।
शिक्षा क्षेत्रमा समेत ११ वटा विद्यालय र मदरसालाई एक करोडदेखि एक करोड पचास लाख रुपैयाँसम्मको बजेट प्रदान गरिएको छ। यसले विद्यार्थीहरूको शिक्षामा गुणात्मक सुधार ल्याउने अपेक्षा गरिएको छ।
यस्तै, तटबन्ध तथा पहिरो रोकथामका लागि रामनगरडिहवा, कटुवा, थरौली, भगीरामपुर लगायतका क्षेत्रहरूमा करिब १ करोड २७ लाख रुपैयाँ विनियोजन गरिएको छ।
विनियोजित बजेट विवरण
सडक पूर्वाधार (जम्मा: रु. ९ करोड)
१. नेवलागञ्ज–जवाबैराठ कालोपत्रे सडक – रु. ३ करोड२. भगीरामपुर–नयाँगाउँ–मधनगरा–जवाबैराठ सडक – रु. ३ करोड३. पडरिया–इमिलीखर्क–बरगदवा–महिलवार सडक – रु. ३ करोड
विद्यालय तथा मदरसा सुधार (रु. १२ करोड)
(प्रत्येक शिक्षण संस्थाका लागि रु. १ करोड, दुई संस्थाका लागि १ करोड ५० लाख)
थरौली आवि, नेवलागञ्ज आवि, नेपाल तारा मावि (मगरघट्टा)
भुवनेश्वरी मावि (जगदीपुर), जनजागृति मावि (लोहरौला),
लोटनराम–द्रौपदी देवी मावि (गणेशपुर), जनज्योति मावि (शंकरपुर),
त्रिनेत्र मावि (मधुनगर), हरिबोध मावि (प्रेमनगर) – १.५० करोड
मदरसा अहले सुन्नत गाैसिया (दत्तापुर) – १ करोड
मदरसा कदरिया फैजल उलुम (बरगदवा) – १.५० करोड
तटबन्ध तथा वातावरण संरक्षण (जम्मा: रु. १ करोड २७ लाख ५० हजार)
१. जगदीशपुर–रामनगरडिहवा – रु. १९ लाख ५० हजार२. कटुवा–ठकुरापुर – रु. २५ लाख३. थरौली – रु. २५ लाख४. भगीरामपुर–भुतेरहा – रु. २५ लाख५. गाैरीघाट (गल्छी पहिरो रोकथाम) – रु. २० लाख६. दुदुरा ताल संरक्षण (ढाेढरी) – रु. १२ लाख ५० हजार
त्यस्तै आगामी आर्थिक वर्ष २०८२/८३ का लागि संघीय सरकारले कपिलवस्तु जिल्लाको विजयनगर गाउँपालिकाका लागि ४५ करोड ४० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। संघीय बजेट अन्तर्गत चालू खर्चतर्फ ३५ करोड ८६ लाख रुपैयाँ तोकिएको छ भने पुँजीगत खर्चतर्फ जम्मा ९ करोड ५४ लाख रुपैयाँ मात्र विनियोजन गरिएको छ।













