नवराज पौडेल कपिलवस्तु ,,
कपिलवस्तुको शिवराज नगरपालिका ४ मा रहेको समयथान माद्यामिक बिद्यालयमा प्राविधिकधार तर्फको शिविल इन्जिनियरिङ अध्ययनका लागि नगरपालिकाले अनुमती प्रदान गरेको छ । बिहिवार बसेको नगरको कार्यपालिका बैठकले सर्वसहमत रुपमा निर्णय गरि अध्ययनका लागि अनुमति प्रदान गरेको वडा अध्यक्ष नसिम अहमद खा ले जानकारी दिनु भयो ।
अब इन्जिनियरिङ अध्ययनका लागि बुटवल काठमाडौं जान पर्ने बाध्यता हटेको छ । विद्यार्थीले आफ्नो घर गाउँकै विद्यालयमा अध्यन गर्न पाउने भएको भन्दै अभिभावकले खुशी ब्याक्त गरेका छन ।
यता समयथानमा अनुमती प्रदान गर्नुहुने नगर प्रमुख अजय थापा , उपमेयर शिव कुमारी चौधरी लगाएत कार्यपालिका परिवारलाइ खा ले धन्यवाद प्रकट गर्नुभएको छ ।
नगरपालिकाले अनुमती प्रदान गरेकोले माथिल्लो निकायमा पहल गरि इन्जिनियरिङ अब छिट्टै कक्षा संचालन गरिने समयथान मा.बि का प्र अ गिरि प्रसाद गैरेले जानकारी दिनुभयो ।













