ग्यास विस्फोटबाट पीडित व्यवसायीलाई होटल तथा रेस्टुरेन्ट व्यवसायी संघ कपिलवस्तुद्वारा राहत वितरण ।
कपिलवस्तु, असार ३ –
ग्यास विस्फोटबाट क्षति व्यहोरेका शिवराज नगरपालिका–१, धानखोला स्थित भूपू सैनिक होटलका सञ्चालक प्रेम बहादुर घर्तीलाई होटल तथा रेस्टुरेन्ट व्यवसायी संघ कपिलवस्तु शाखाले राहत स्वरूप नगद सहयोग प्रदान गरेको छ।

संघका जिल्ला महासचिव पदम ढकालका अनुसार, असार १ गते खाना पकाउने क्रममा राप्ती ग्यास कम्पनीको सिलिन्डर विस्फोट भई होटलमा करिब १० लाख रुपैयाँ बराबरको क्षति पुगेको थियो। विस्फोटका कारण होटलको भान्साघर पूर्णरूपमा क्षतिग्रस्त भएको र अन्य फर्निचर तथा सामग्रीसमेत जलेर नष्ट भएको सञ्चालक प्रेम लाल घर्तीले जानकारी दिए।
पीडित व्यवसायीलाई केही राहत होस् भन्ने उद्देश्यले होटल तथा रेस्टुरेन्ट व्यवसायी संघ कपिलवस्तु शाखाले नगद रु १०,००० प्रदान गरेको संघका अध्यक्ष लेखनाथ घर्तीले जानकारी दिए।
राहत वितरण कार्यक्रममा लुम्बिनी प्रदेश उपमहासचिव शिवराज सापकोटा, संस्थापक अध्यक्ष ढुण्डिराज अधिकारी, महासचिव पदम ढकाल , सदस्य बैकुण्ठ बेल्बासे, व्यवसायी सदस्यहरु श्रीधर पन्थी, वीर बहादुर चौधरी, गणेश बेल्बासे, सुशील घर्ती लगायतको उपस्थिति रहेको थियो।
संघले आगामी दिनमा यस्ता संकटमा परेका व्यवसायीहरूलाई थप सहयोग गर्न संस्थागत पहल र सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।













