मनकामना सामुदायिक बनमा नविकरण शुल्कको नाममा मनोमानी असुली, उपभोक्तामा आक्रोश
कपिलवस्तुको शिवराज नगरपालिका १ शिवपुरमा रहेको मनकामना सामुदायिक वन उपभोक्ता समितिले खाता संचालन नगरी उपभोक्ता बाट पैसा उठाएको सुचना बाहिरीएको छ ।
गत जेठ १७ गते निर्वाचित भइ आएको अध्यक्ष बिनोद कुवर नेतृत्वकोको समुहले नवीकरण शुल्क बापत १०० र उपभोक्ता परिचय प्रत्रको २०० गरि प्रती सदस्य बाट ३०० सय का दरले उठाएको एक सदस्यले नाम नखुलाउने सर्तमा बताए । उपभोक्ताले खाता नखोली पैसा उठाएको विसयमा सोधपुछ गर्दा सहसचिव भुपेन्द्र विस्ट ले पुरानो बिधान देखाएको बताए ।
१५१० जना उपभोक्ता रहेको मनकामना सामुदायिक बनले मनोमानी रुपमा नविकरण शुल्क भन्दै असुलि धन्दा चलाएको गुनासो आएको छ ।
यस भन्दा ७ महिना पहिला पनि ३०० रुपैयाँ लिएको बताउदै हाल नामसारीको ५ सय र नवीकरणको ३ सय गरि ८ सय उठाउदा असन्तुस्टि बढेको हो । रसिद दिदा रकम बुझाउनेको समेत हस्ताक्षर नगराई बुज्ने को मात्रै हस्तान्तरण गराइ रसिद दिइएको छ । यसरी सधै उपभोक्ता मारमा पर्दै आएको गुनासो गरे ।
यसरी खाता नखुली रकम असुली गर्दा रकमको चरम दुरुपयोग हुन सक्ने आशन्का गर्दै अहिले नया समितिलाई पहिले भन्दा सुधार गर्नका लागि मतदान गरि बिजयी बनाए पनि पुरानै समिति कै रबैया देखाएको भन्दै असन्तुष्ट ब्याक्त गरे ।
यता अन्य सामुदायिक वनमा बुज्दा नविकरण शुल्क जम्मा २० रुपैयाँ लाग्ने बताइएको छ । यता पुरानो समितिले संचालन गरेको खाता नबुझाएको र हाल नया समिती निर्माण भए पछी घरभाडा र वन हेरालुको तलब तथा कार्यलय संचालनका लागि आर्थिक वर्ष २०८१/८२को नविकरणको र उपभोक्ता कार्डको गरि यो समाचार तयार पार्दा सम्म १५० जना बाट ३ सयका दरले पैसा उठाएको समितिका अध्यक्ष बिनोद कुवरले बताए ।













