एस ई इ मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी र शिक्षकलाई सरस्वती मा.वि. बानियाभारद्वारा सम्मान
शिवगढी, असार २३ –
शिवगढीस्थित सरस्वती माध्यमिक विद्यालय, बानियाभारले एस इ इ परीक्षामा सफलता हासिल गर्ने ५९ जना विद्यार्थीलाई सम्मान गरेको छ। एक औपचारिक कार्यक्रमका बीच विद्यालयले उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई प्रमाणपत्र र नगद पुरस्कार प्रदान गरेको हो।
कार्यक्रममा वडा नं. ९ का अध्यक्ष राम गोपाल थारु, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पनिराम रोका तथा स्थानिय समुदायका अगुवा व्यक्तिहरूको उपस्थिति रहेको थियो। विद्यालयका प्रधानाध्यापक बिक्रम केसीले उक्त कार्यक्रमको जानकारी दिनुभयो।
पुरस्कृत विद्यार्थीहरू सगुन केसी (प्रथम): सम्मानपत्रसहित नगद रु ५,००० यसैगै सबिना खत्री (द्वितीय): सम्मानपत्रसहित नगद रु २,००० र सागर बिक (तृतीय): सम्मानपत्रसहित नगद रु १,५०० सहित सम्मानित भएका हुन
त्यसैगरी उत्कृष्ट नतिजा ल्याउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने ७ जना शिक्षक–शिक्षिकाहरूलाई पनि सम्मानपत्र र नगद पुरस्कार प्रदान गरिएको थियो।
यस वर्ष सरस्वती माविले ८४% नतिजा ल्याउँदै सामुदायिक विद्यालयतर्फ शिवराज नगरपालिकामा तृतीय स्थान हासिल गर्न सफल भएको छ।













