सुन हराएको रहस्य: अस्पताल कर्मचारी र प्रहरीको मिलेमतोमा गुपचुप पैसा बुझाइयो!
नवराज पौडेल कपिलवस्तु ,,
गत असार ४ गतेको हो । शिवराज नगरपालिका वडा ३ मदवा बस्ने ५५ वर्षिय डम्बर कुमारी बलामी भुगर्भ सिमेन्ट प्रालि अगाडि सवारी दुर्घटनामा परि मृत्यु भयो । दुर्घटना पश्चात मृतकको परिवार र प्रहरीले शव पोस्टमार्टको लागि शिवराज नगरपालिका ५ चन्द्रौटामा रहेको आधारभुत अस्पतालमा ल्याएको थियो ।
परिवारका अनुसार मृतक बलामीको कानमा १ तोलाका दुईवटा सुनका रिङ्ग थिए । शव पोस्टमार्टमका लागि लगिँदा सुन निकाल्न नसकेकाले रिङ्गसहित शव भित्रिएको थियो ।शवलाई पोस्टमार्टम गरेर प्लास्टिकमा प्याक गरी बुटवल अन्त्येष्टि स्थल लैजाँदा, कानमा भएको सुन गायब भइसकेको थियो । सुन हराएको हल्ला फैलिएपछि अस्पताल परिसरमा हंगामा मच्चिएको थियो । परिवारले १३ दिने कार्य सकेर तत्कालै प्रहरीमा सुन हराएको उजुरी दिएका थिए ।यता अस्पतालले सुन नभएको दावी गरिरहेको थियो । शव चिरफार गर्ने डा अमित पाण्डे र सहायक कर्मचारी सेराज अहमद दर्जी लाई प्रहरीले अनुसन्धान गर्न थाल्यो । डा पाण्डे प्रवेश गर्न भन्दा एक घण्टा अघि कर्मचारी दर्जी गएकोले र आफु पुग्दा शरिरमा पुरा खाली रहेको तस्विर रहेको डा पाण्डेले बताए ।
कार्यलय प्रमुख समेत रहेका पाण्डेले कर्मचारीलाई पटक पटक वास्तविक कुरा भन्न आग्रह गरेपनि आफु कुनै पनि सुन चोरी नगरेको बताउँदै आएको पाण्डेले बताए ।प्रहरी अनुसन्धानको बहानामा झण्डै एक महिना पिडित परिवारलाई झुलाएर राखियो । अन्ततः साउन ३ गते अस्पतालका कर्मचारी दर्जीले रु १ लाख दिने प्रस्ताव गरे । परिवारले रु २ लाख नभई नमिल्ने अडान राखेपछि साउन १० गते भाका माग्दै कर्मचारीले परिवारलाई घर फर्काएका थिए ।तर त्यसको दुई दिनमै साउन ५ गते नै कर्मचारीले फोनमार्फत २ लाखको चेक दिन सहमत भए ।
परिवार अचम्मित भयो — यदि आफैले सुन चोरी नगरेको भए किन २ लाखको चेक दिनुपर्ने । परिवारका अनुसार चेक फिर्ता गरी सोही रकम नगदमा बुझाइएको छ ।
वैकको कारोवार देखिने भएकोले नगद बुझाएको पारिवारिक स्रोतले जनाए ।परिवारकी सदस्य हिमा थापाले दोषीलाई पैसा दिएर जोगाउन खोजिएको आरोप लगाइन् । उनका अनुसार प्रहरी चौकीमै मिलाउने प्रक्रिया हुनु पर्नेमा, प्रहरीको कार्यालय बाहिरै नगद लेनदेन गरी आरोपित कर्मचारीलाई उन्मुक्ति दिन खोजिएको हो ।शिवराज नगरपालिकाका नगर प्रमुख अजय थापाले असार ४ गतेदेखि घटनामा मुछिएका कर्मचारीलाई हाजिर नलगाउन निर्देशन दिएका बताए ।
गलत काम गर्ने जो कोहिलाई नछोडने बताउँदै दोषि कर्मचारीलाई उन्मुक्ति नदिइने थापाले बताए ।वडा प्रहरी कार्यालय चन्द्रौटा भने चोरिको घटनालाई सामान्य रुपमा लिएको छ । घटना भएको महिनौ दिन सम्म पनि चोर पक्राउ गर्न नसकेकोमा स्थानीयहरुले प्रहरी प्रशासन तर्फ पनि प्रश्न तिर्शाएका छन् ।प्रहरी निरिक्षक सुजन शाहले सुन हराएको भनि निवेदन बमोजिम अनुसन्धान भइरहेको बताए ।
हराएको समयमा कर्मचारी सेराज अहमद दर्जी रहेको र उनलाई नै यो विषयमा पटकपटक सोधपुछ गरेपनि स्वीकार भने नगरेको बताए । बाहिर मिलापत्र भएको भन्ने विषयमा आफु जानकार नभएको शाहले बताए । पनि पिडित हिमा थापा र पिडक सेराज अहमद दर्जी दुवैको भनाई अनुसार पैसाको कारोवार को विषयमा वडा प्रहरी कार्यलय चन्द्रौटाको मुद्धा फाटमै कुरा टुगिंएको र वडा प्रहरी कार्यलय अगाडी रहेको एक नास्ता पसलमा २ लाखको चेक दिएको भए पनि चेक फिर्ता गरि नगद २ लाख बुझी पिडित परिवारलाई दिएका हुन ।यता आरोपित दर्जीले आफुले इज्ययत र जागरि बचाउनको लागि रकम दिएको बताए ।
आफुले सुन नचोरेको भएपनि पोष्टमार्टम कार्यालयको जिम्मेवारी आफ्नो रहेको जिकिर गरे । निर्देष भएको आधार पेश तथा भनाई राख्न आग्रह गर्दा तनावमा रहेकोले औपचारीक रुपमा मिडियामा बोल्न नसक्ने बताए ।













