शिवराजमा जोखिममा रहेका २३४ जना बालबालिकालाई झोला र शैक्षिक सामग्री वितरण

शिवराजमा जोखिममा रहेका २३४ जना बालबालिकालाई झोला र शैक्षिक सामग्री वितरण
नवराज पौडेल कपिलवस्तु,

शिवराज नगरपालिका, सिद्धार्थ सामाजिक विकास केन्द्र र एक्सनएड नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालित स्थानीय अधिकार कार्यक्रम अन्तर्गत जोखिममा रहेका बालबालिकाहरूलाई लक्षित गरी झोला तथा शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममार्फत वडा नम्बर ४, १० र ११ अन्तर्गतका १६ वटा विद्यालयमा अध्ययनरत २३४ जना विद्यार्थीलाई झोला, विद्यालय पोशाक, कापी, कलम, पानी पिउने बोतल लगायतका सामग्री प्रदान गरिएको हो।

बालबालिकाहरूको शैक्षिक अवस्था सुधार गर्ने र उनीहरूलाई आर्थिक अभावका कारण विद्यालय जानबाट वञ्चित हुन नदिने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको आयोजक संस्थाले जनाएको छ।

कार्यक्रमकी अध्यक्ष सुर्य कुमारी शाहीले शिक्षा सबैको अधिकार भएको बताउँदै यस्ता सहयोगात्मक प्रयासले विद्यार्थीमा आत्मबल बढाउने विश्वास व्यक्त गरिन्।

त्यसैगरी प्रमुख अतिथि नगरप्रमुख अजय थापाले जोखिममा रहेका बालबालिकालाई सहयोग पुर्‍याउनु सराहनीय कार्य भएको भन्दै नगरपालिकाले पनि शिक्षा क्षेत्रमा निरन्तर साथ दिने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रमले जोखिममा रहेका बालबालिकाहरूको शिक्षामा पहुँचलाई सुनिश्चित गर्दै उनीहरूलाई विद्यालयप्रति प्रेरित गर्ने विश्वास लिइएको छ। कार्यक्रम मा वडा नम्बर ४ का वडा अध्यक्ष नसिम अहमद खा, वडा नम्बर १० का वडा अध्यक्ष मन्जु मिश्रा , समयथाना मा.विका प्र.अ गिरि प्रसाद गैरे, १६ वटै विद्यालयका शिक्षक शिक्षिका लगाएत्को सहभागीता रहेको थियो भने स्थानीय कार्यक्रम संयोजक अजय चौधरीको स्वागत तथा सन्जिव गहतराजको संचालनमा कार्यक्रम सम्पन्न भएको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ