सिकाइमा सहजता ल्याउन वडा अध्यक्ष सापकोटा द्वारा ६ थान पंखा हस्तान्तरण  ।।

सिकाइमा सहजता ल्याउन वडा अध्यक्ष सापकोटा द्वारा ६ थान पंखा हस्तान्तरण  ।।
शिक्षा भनेको मात्र पाठ्यक्रमको ज्ञान होइन, वातावरण पनि उतिकै महत्वपूर्ण हुन्छ। यही कुरालाई आत्मसात् गर्दै शिवराज नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष टेकलाल सापकोटाले गर्मीबाट हैरान भएका विद्यार्थीहरूलाई राहत दिलाउने उद्देश्यले आधारभूत विद्यालय मदवामा छ थान पंखा वितरण गर्नुभएको छ।

विद्यालय अनुगमनका क्रममा विद्यार्थीहरूले “हामीलाई अत्यधिक गर्मी लाग्छ, पंखा चल्दैन” भन्ने गुनासो राखेपछि अध्यक्ष सापकोटाले तत्कालै त्यसको समाधानतर्फ कदम चाल्नुभएको हो।
गर्मीले सिकाइ प्रक्रिया प्रभावकारी हुन नसक्ने भन्दै पंखा वितरण गरिएको बताउँदै अध्यक्ष सापकोटाले विद्यालयमै बालमैत्री वातावरण निर्माण गर्न वडा कार्यालय प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो।
विद्यालय प्रशासनले पंखा वितरणपछि कक्षा कोठामा सहजता बढ्ने र विद्यार्थीको ध्यान पढाइमा केन्द्रित हुने विश्वास व्यक्त गरेको छ।
शिक्षामा सुधारका लागि शारीरिक मात्र होइन, भावनात्मक र वातावरणीय पक्षलाई पनि ध्यान दिनुपर्ने सन्देश यो पहलले दिएको छ। साना–साना समस्यालाई समेत चासो दिएर समाधान खोज्ने यस्तो दृष्टिकोणले भावी पुस्ताको उज्यालो भविष्य निर्माणमा टेवा पुर्‍याउने निश्चित छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ