श्रमिक महिलासँग नगरप्रमुख : न्यूनतम पारिश्रमिक सुनिश्चित गर्न नगर सरकारको प्रतिबद्धता ।।

श्रमिक महिलासँग नगरप्रमुख : न्यूनतम पारिश्रमिक सुनिश्चित गर्न नगर सरकारको प्रतिबद्धता ।।
नवराज पौडेल कपिलवस्तु,
कपिलवस्तुको शिवराज नगरपालिका ५ चन्दौटामा श्रमिक महिलाका समस्या, अवस्था र अधिकारसम्बन्धी विषयमा एक महत्वपूर्ण संवाद कार्यक्रम सम्पन्न भएको छ। शिवराज श्रमिक महिला सञ्जाल कपिलवस्तुको आयोजनामा, शिवराज नगरपालिकाको समन्वय तथा सिद्धार्थ सामाजिक विकास केन्द्र र एक्सनएड नेपालको सहयोगमा कार्यक्रम सम्पन्न भएको हो।
नगरपालिकास्थित करिब ३० जना श्रमिक महिलाको सहभागीता रहेको कार्यक्रममा श्रमिक महिलाहरूले न्यूनतम पारिश्रमिक नपाएको, कामको उचित मूल्य नपाएको र श्रम शोषण भोग्नुपरेको गुनासो सार्वजनिक रूपमा व्यक्त गरे।
कार्यक्रममा अमिता थारु र भलवारी थारुलगायतले श्रमिक महिलाको प्रतिनिधित्व गर्दै श्रमिकको पीडा सुनाए। उनीहरूका अनुसार केही स्थानमा दैनिक ४३०, कतै ५ सय र कतै ६ सय रुपैयाँ मात्र पारिश्रमिक दिइन्छ, जुन सरकारले तोकेको न्यूनतम पारिश्रमिकभन्दा निकै कम हो।

कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख अजय थापाले श्रमिक महिलाको आवाजलाई सम्मान गर्दै भने:श्रमिकको सम्मान नै सभ्य समाजको पहिचान हो। आवश्यकता परे श्रमिकका लागि छुट्टै बजेट विनियोजन गर्न पनि पछि हट्दिन।”
उहाँले श्रमिक महिलाहरूको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै गर्भवती महिलाका लागि भिडियो एक्सरे र रगत परीक्षण निःशुल्क गरिने व्यवस्था मिलाइएको समेत जानकारी दिनुभयो।

विशेष अतिथि उपप्रमुख शिवकुमारी थारुले श्रमिक महिलाको भूमिका विकासको मेरुदण्ड भएको उल्लेख गर्दै श्रमिक महिलालाई सामाजिक सुरक्षा, समान पारिश्रमिक र स्वाभिमानसहितको जीवन बाँच्न पाउने अधिकार सुनिश्चित गर्नु हाम्रो साझा दायित्व हो।”
उहाँले श्रम गर्नेलाई अन्याय भएको खण्डमा नगरपालिकाको न्यायिक समितिमा उजुरी दिन आग्रह गर्नुभयो।

वडा नं. ४ का अध्यक्ष नसीम अहमद खानले श्रमिक समस्या समाधानमा वडा र नगर दुवै संलग्न हुने प्रतिबद्धता जनाउँदै भन्नुभयो । श्रमिक महिलालाई हेर्ने दृष्टिकोण बदल्न जरुरी छ, उनीहरू परिवर्तनका सारथी हुन्।
उहाँले श्रमिकले भोगेका समस्या वडा कार्यालयमा जानकारी गराएमा नगरपालिका परिवार नै समाधानका लागि लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

स्थानीय कार्यक्रम प्रमुख अजय चौधरीले श्रमिक महिलाको आवाज नीति निर्माण तहमा पुर्‍याइनुपर्ने धारणा राख्दै भन्नुभयो:
अब श्रमिकका हकका सवालमा मौन बस्नु हुँदैन। आवाज उठाउनु नै परिवर्तनको सुरुवात हो।”

कार्यक्रम सृष्टि घिमिरेको अध्यक्षता र कार्यक्रम सबिता अधिकारीको संचालनमा सम्पन्न भएको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ