तेस्रो जिल्ला स्तरीय सितोरियो कराते प्रतियोगिता सम्पन्न,।। ४२५ खेलाडीको सहभागिता ।।
लोक सञ्चार अन्लाईन कपिलवस्तु ।।
कपिलवस्तुको बाणगङ्गा नगरपालिका वडा नम्बर ४ मा सनिवार एक दिवसीय तेस्रो जिल्ला स्तरीय सितोरियो कराते प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ । कराते खेललाई जिल्लाभित्र थप सशक्त बनाउन आयोजना गरिएको उक्त प्रतियोगितामा कपिलवस्तु जिल्लाका विभिन्न स्थानका ४२५ जना खेलाडीहरूको उत्साहजनक सहभागिता रहेको थियो ।
प्रतियोगिताको उद्घाटन समारोहका प्रमुख अतिथि जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख मीन प्रसाद पोख्रेलले खेलकुदले मात्र राष्ट्रको प्रतिष्ठा बढाउने नभई युवालाई अनुशासित, आत्मनिर्भर र जिम्मेवार बनाउन सहयोग गर्ने भएकाले यसप्रकारका प्रतियोगिताले महत्वपूर्ण योगदान पुर्याउने बताए । उनले कराते खेलमार्फत युवा पुस्ताले आफ्नो क्षमता, आत्मविश्वास र शारीरिक क्षमता अझ मजबुत बनाउन सक्ने विश्वास व्यक्त गरे ।
प्रतियोगितामा पदक तालिका हेर्दा वाणगङ्गा नगरपालिकाले सबैभन्दा उत्कृष्ट प्रदर्शन गर्दै कुल २२ स्वर्ण, २८ रजत र ३९ कांस्य पदक प्राप्त गरी प्रथम स्थानमा आफ्नो नाम लेखाउन सफल भएको छ । सो प्रतियोगितामा दोस्रो स्थान हासिल गर्ने शिवराज नगरपालिकाले १२ स्वर्ण, ७ रजत र १६ कांस्य पदक प्राप्त गर्यो । यस्तै कपिलवस्तु नगरपालिकाले २ स्वर्ण पदक जित्दै तृतीय स्थानमा सीमित रह्यो ।
त्यस्तै टिम कुमुतेको प्रतिस्पर्धामा शिवराज नगरपालिकाका महिला तथा पुरुषले उत्कृष्ठ प्रदर्शन गर्दै प्रथम स्थान हासिल गरेका छ्न । भने वाणगङ्गा नगरपालिकाले द्दितिय स्थान हासिल गरेको छ ।
आयोजक समितिका अनुसार प्रतियोगितामा उमेर समूहअनुसार विभिन्न तौल र खेलकुदका विधामा प्रतिस्पर्धा गराइएको थियो । करिब एक सातादेखि तयारी गरिएको प्रतियोगितामा स्थानीय स्तरमा मात्र नभई जिल्ला स्तरका खेलाडीहरूलाई समेत प्रतिस्पर्धामा सहभागी गराइएको थियो ।

समापन समारोहमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी तथा टोलीलाई पदक, प्रमाणपत्र र सम्मानपत्रले सम्मान गरिएको थियो ।
प्रतियोगिताले जिल्लामा मार्शल आर्ट्स खेलप्रति चासो र उत्साह बढाएको छ । स्थानीय बासिन्दाले खेलाडीहरूको उत्कृष्ट प्रस्तुति देखेर भविष्यमै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा कपिलवस्तुका खेलाडीहरूले महत्वपूर्ण उपलब्धि हात पार्ने विश्वास व्यक्त गरेका छन् ।
कार्यक्रममा सितोरियो कराते संघका नगर अध्यक्ष दल बहादुर नेपाली अध्यक्षता थियो । भने बरिस्ठ कराते प्रशिक्षक हेमन्त श्रेष्ठ, नेपाल कराते महासंघ लुम्बिनी प्रदेश सचीव रामु सुनार ,सितोरियो कराते संघ कपिलवस्तुका अध्यक्ष डम्बर बहादुर सोमै, सितोरियो कराते संघ लुम्बिनी प्रदेश सदस्य नवराज पौडेल लगाएतको सहभागीता रहेको कार्यक्रम नेपाल कराते महासंघकि लुम्बिनी प्रदेश सदस्य सबिना आचार्य को संचालनमा सम्पन्न भएको थियोे । प्रतियोगिता ३ वटा एरिनामा संचालन गरिएको थियोे जसको संयोजन रेफ्री राज कुमार नेपालिले गर्नुभएको थियोे ।













