कपिलवस्तुको शिवराज नगरपालिका–३ हंसबाहिनी मार्गस्थित सीता खनालको घरमा गए राति करिब १२:३० बजे पिस्तोल र खुकुरी देखाएर सशस्त्र चोरी भएको छ।
चार जनाको समूहमा आएका चोरहरूले घरका सदस्यलाई बन्धक बनाएर करिब ११ लाख रुपैयाँ बराबरको धनमाल चोरी गरेका छन् भन्ने पारिवारिक स्रोतले जनाएको छ।
प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको छ।













