पूर्व एसएसपी विक्रम सिंह थापाको पदमुक्ति विरोधमा काँग्रेस कपिलवस्तु कार्यालयमा तोडफोड

पूर्व एसएसपी विक्रम सिंह थापाको पदमुक्ति विरोधमा काँग्रेस कपिलवस्तु कार्यालयमा तोडफोड

पूर्व एसएसपी विक्रम सिंह थापामाथि कारबाही गरिएको विषयलाई लिएर नेपाली काँग्रेस कपिलवस्तु कार्यालयमा तोडफोड र तालाबन्दी गरिएको छ । शेखर कोइराला निकट मानिने थापालाई पार्टीको लुम्बिनी प्रदेश कमिटी सदस्यबाट पदमुक्त गरिएको भन्दै उनका पक्षधर कार्यकर्ताले तौलिहवास्थित पार्टी कार्यालयमा तोडफोड गरेका हुन् ।

जिल्ला नेता अनुपकुमार पाण्डेयको नेतृत्वमा पुगेको करिब ४० जनाको समूहले कार्यालयभित्रका कुर्सी तोडफोड गर्दै मूल गेटमा तालाबन्दी गरेको बताइन्छ । पार्टी जिल्ला सचिव प्रेम रायमाझीका अनुसार कार्यालयभित्रका १३ वटा कुर्सी तोडफोड भएको छ ।

दुई वर्षअघि प्रदेश कमिटीमा मनोनयन गरिएका थापालाई जिल्ला सभापति अब्दुल रसिद खाँको दबाबमा कारबाही गरिएको आरोप थापा समर्थकहरूको छ ।
थापालाई साउन ११ गते कांग्रेस लुम्बिनीका सभापति अमरसिंह पुनले कारबाहीको पत्र पठाए पनि भदौ १५ गते मात्र उक्त पत्र सार्वजनिक भएको थियो।

पत्र सार्वजनिक भएलगत्तै कांग्रेस नेता दीपकुमार उपाध्याय र उनका छोरा आशिष शर्माले सामाजिक सञ्जालमार्फत थापामाथिको कारबाही ‘प्रतिशोधपूर्ण’ रहेको बताउँदै कडा आपत्ति जनाएका थिए।

प्रतिक्रिया
सम्बन्धित खवर