प्रेस काउन्सिलको पत्रपछि अन्ततः न्युज सेन्टर नेपाल अनलाइनमा शिवराज नगरपालिकाको खण्डन प्रकाशित

प्रेस काउन्सिलको पत्रपछि अन्ततः न्युज सेन्टर नेपाल अनलाइनमा शिवराज नगरपालिकाको खण्डन प्रकाशित

शिवराज नगरपालिकाविरुद्ध न्युज सेन्टर  अनलाइनमा समाचार प्रसारित भएपछि त्यसले व्यापक चर्चा मात्रै गरेन, विवाद पनि निम्त्यायो। “भत्ता लिन्न भन्ने मेयरले बुझे सुटुक्क ४९ हजार”, “शिवराजको टोली दर खान अर्घाखाँचीको नरपानीमा”, “किन बैठक बोलाउदैन मेयर थापा ?” लगाएत शीर्षकसहितका समाचार पटक पटक बाहिर आएपछि नगरपालिकाले प्रेस काउन्सिल मा पत्र पठाएको  थियो।

यसै सन्दर्भमा पालिकाले भदौ १३ गते औपचारिक उजुरी दर्ता गर्‍यो। उजुरीपत्रमा समाचारहरू भ्रामक, तथ्यहीन, मनगढन्ते र असन्तुलित रहेको, साथै अनुमतिबिना तस्बिर प्रयोग गरिएको भन्दै  न्युजसेन्टर नेपाल अनलाइनमाथि कारबाहीको माग गरिएको थियो।
उजुरी दर्ता भएपछि प्रेस काउन्सिल नेपालसमेत सक्रिय बन्यो। काउन्सिलले अध्ययनपछि पत्र पठाउँदै पत्रकार आचारसंहिता (संशोधन को प्रावधानअनुसार प्रभावित पक्षको खण्डन वा प्रतिक्रिया प्रकाशित गर्न अनिवार्य हुने स्पष्ट  पारी   ३ दिनभित्र खण्डन प्रकाशित गरी काउन्सिललाई जानकारी दिनु र समाचार तथ्यका आधारमा लेखिएको प्रमाण भए पेश गर्नू भनी निर्देशनसमेत दिएको थियोे ।
यही निर्देशनपछि अन्ततः न्युज सेन्टर नेपाल अनलाइनले “शिवराज नगरपालिकाको खण्डन प्रकाशित” शीर्षकमा खण्डन समाचार सार्वजनिक गर्‍यो। प्रकाशित खण्डनमा पालिकाले नरपानीमा भएको कार्यक्रम पालिकाले आयोजना नगरेको, मेयरले सुटुक्क ४९ हजार भत्ता बुझे भन्ने आरोप निराधार भएको, र सम्प्रेषित सामग्रीमा कुनै तथ्यगत पुष्टि नभएको स्पष्ट पारेको छ।
यस घटनाक्रमले –पहिलो चरणमा समाचार सार्वजनिक भयो, त्यसपछि उजुरी दर्ता भयो, प्रेस काउन्सिलले पत्र पठायो,र अन्ततः अनलाइनले खण्डन प्रकाशित गर्नुपर्‍यो।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ