जेनजि  सहादतको सम्झनामा शिवराजमा स्तम्भ निर्माण, जुत्ताको प्रतीक राखिने

 

जेनजि  सहादतको सम्झनामा शिवराजमा स्तम्भ निर्माण, जुत्ताको प्रतीक राखिने

शिवराज (कपिलवस्तु)।
भ्रष्टाचारविरुद्धको आन्दोलनमा सहादत प्राप्त युवाको सम्झनामा शिवराज नगरपालिकाले विशेष स्तम्भ निर्माण गर्ने भएको छ ।

नगरप्रमुख अजय थापाले सहादतलाई जीवन्त बनाउन स्तम्भमा जुत्ताको प्रतीक समेत राखिने जानकारी दिनुभयो ।नगरप्रमुख थापाका अनुसार स्तम्भ निर्माण कार्य नगरपालिकाको प्राथमिकतामा परेको छ ।

उहाँले भ्रष्टाचारविरुद्ध ज्यान गुमाउने GeN-Z सदस्यहरूको योगदानलाई नगरले सदैव सम्मान गरने समेत बताउनु भयो । स्तम्भमा जुत्ताको प्रतीक राखेर सहादतलाई भावी पुस्ताका लागि प्रेरणाको स्रोत बनाइने छ।

भ्रष्टाचारविरुद्धको आन्दोलनमा ज्यान गुमाउनुपरेका GeN-Z सदस्यहरूलाई श्रद्धाञ्जली अर्पण गर्दै नगरपालिकाले स्मारक निर्माणमार्फत उहाँहरूको बलिदानलाई चिरस्मरणीय बनाउन लागेको हो ।उक्त स्तम्भ मेयर कोषबाट निर्माण गरिने समेत नगरप्रमुख थापाले जानकारी दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर