शिवराजमा भेटघाट कार्यक्रम सँगै ।। राजमो गाउँ कमिटी गठन,

शिवराजमा भेटघाट कार्यक्रम सँगै ।। राजमो गाउँ कमिटी गठन,

कपिलवस्तु जिल्ला
शिवराज नगर पालिका वडा नं ११ को मर्जातपुर आज आज जन भेद घाट कार्य क्रम सम्पन्न ,भएको छ । जगै कोरी को अध्यक्षता र राष्ट्रिय जनमोर्चा जिल्ला सचिव केर सिंह अदैको प्रमुख आतिथ्यता मा सम्पन्न कार्य क्रम मा अदैले विजया दशमी, शुभ दिपावली तथा छठ पर्व २०८२ सालको पावन अवसर मा शुभ कामना मन्तव्य दिँदै , धनी वर्ग को देखासिखी नगरी सरल तरिकाले मनाउन जो छ त्यसैमा रमाउन पर्दछ, भन्नु भयो
देशको वर्तमान परिस्थिति , र राष्ट्रिय जनमोर्चा को सङ्घर्ष मय इतिहास , को बारेमा प्रष्ट पार्दै देश प्रतिगमन तिर गएको धारणा व्यक्त गर्नु भयो,
अब को विकल्प पनि राष्ट्रिय जनमोर्चा को नीति कार्य क्रम नै भएको स्पष्ट पार्नु भयो, कार्य क्रम मा राष्ट्रिय जनमोर्चा जिल्ला सदस्य राम बहादुर चमार ले पनि मन्तव्य राख्नु भएको थियो, उक्त कार्य क्रम मा जगई कोरी को अध्यक्षता मा ११ सदस्यीय राष्ट्रिय जनमोर्चा मार्ज त पुर गाउँ कमिटी गठन गरिएको छ, जस् अनुसार अपा अध्यक्ष मा लक्ष्मी कोरी, सचिव हेमन्त कुमार यादव, सह सचिव बालिसी कोरी, कोष अध्यक्ष मिना कोरी, सदस्य हरुमा अर्न जी कोहर, सन्त नारायण कुर्मी, लीलावती कुर्मी, सावित्री कोरी, गुर्मावती कुर्मी, र अयोध्या कोरी रहनु भएको छ, नयाँ समितिले सदस्यता लिनु को साथै मंसिरमा प्रशिक्षण कार्यक्रम गर्ने निर्णय गरेको छ, कार्य क्रम मा २७ जना विभिन्न पार्टी का समर्थक हरुले राष्ट्रिय जनमोर्चा को सदस्यता लिएका छन्, राजमो सचिव अ दै ले सबैलाई राजमो को सदस्यता प्रदान गर्नु भएको थियो, कार्य क्रम को सञ्चालन हेमन्त कुमार यादव ले गर्नु भएको थियो,

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ