रिपर मेसिन सन्चालकको मनोमानी : १ घण्टाको २ हजारमा धान काट्दा किसान ठगिँदै ।।

रिपर मेसिन सन्चालकको मनोमानी : १ घण्टाको २ हजारमा धान काट्दा किसान ठगिँदै

कपिलवस्तु, शिवराज — पछिल्लो समय शिवराज नगरपालिका अन्तर्गत शिवगढी लगायतका बिभिन्न वडाहरूमा धान काट्ने रिपर मेसिन सन्चालकहरूले मनोमानी दरमा शुल्क असुल्ने क्रम बढेको किसानहरूले बताएका छन्। साना मिनि रिपर मेसिनले १ घण्टाको धान काटाइमा १९ सय देखि २ हजार रुपैयाँसम्म लिने गरेको तथ्य बाहिर आएको छ।

नियम विपरीत चर्को शुल्क लिँदा किसानहरूलाई ठुलो आर्थिक बोझ परेको छ। खेतबारीमा कामदारको अभाव र समय बचतका लागि मेसिनमा निर्भर हुन बाध्य भएका कृषकहरू अहिले त्यही प्रविधिबाट घाटो ब्यहोर्न बाध्य बनेका छन्।

शिवगढीका किसानहरुले भने, “रिपर मेसिनले सहज र छिटो धान काटिन्छ तर सुल्क निकै महँगो भएकाले नाफाभन्दा घाटा बढ्दै गएको छ।”

सम्बन्धित निकायले यसतर्फ चासो नदेखाउँदा स्थानीय तहमा कुनै नियमन र मूल्य निर्धारण नभएको किसानहरूको गुनासो छ। रिपर मेसिन सञ्चालनकर्ताले नियमअनुसार शुल्क निर्धारण गर्न तथा किसानमाथिको आर्थिक बोझ घटाउन तत्काल निगरानी र सम्बन्धित निकायको ध्यान जान आवसेक देखिन्छ्।

प्रतिक्रिया
सम्बन्धित खवर