शिवराज नगरपालिकाद्वारा करिब ५ हजार प्लास्टिकका माला जफत ।।

शिवराज नगरपालिकाद्वारा करिब ५ हजार प्लास्टिकका माला जफत ।।
कपिलवस्तु  शिवराज नगरपालिकाले बजार क्षेत्रबाट करिब ५ हजार थान प्लास्टिकका माला जफत गरेको छ ।
नगरपालिकाले गत वर्षदेखि स्थानीय उत्पादन र प्राकृतिक फूलको प्रयोगलाई प्रवर्द्धन गर्ने उद्देश्यले प्लास्टिकका माला बिक्री वितरणमा प्रतिबन्ध लगाएको थियो । यस वर्ष पनि पालिकाले पुनः सूचना जारी गर्दै प्लास्टिकका माला बिक्री गर्न नपाइने स्पष्ट जानकारी गराएको थियो ।
नगरपालिकाको अनुगमन टोलीले चन्द्रौटा, शिवपुर, हल्लानगर र खरेन्द्रपुर क्षेत्रका पसलहरूमा बिक्रीका लागि राखिएका करिब ५ हजार थान प्लास्टिकका माला नियन्त्रणमा लिएको हो।
पालिकाको आदेश उल्लङ्घन गरी बजारमा माला बिक्रीका लागि राखिएको पाइएको हुँदा आज नगर प्रहरीले ती माला जफत गरेको हो ।
नगर प्रहरी हवल्दार  चक्र बहादुर बिसिका  अनुसार,पालिका भित्र सूचना प्रवाह गरिए पनि केही व्यवसायीहरूले पालना नगरेकाले करिब पाँच हजार थान माला नियन्त्रणमा लिएका छौं ।  उहाँले बताउनुभयो
नगरपालिकाले आगामी दिनमा समेत वातावरणमैत्री र स्थानीय उत्पादनलाई प्राथमिकता दिन व्यवसायीहरूलाई आह्वान गरेको छ ।शिवराज नगरपालिका अब आगामी चाडपर्वमा बजार अनुगमनलाई अझ सशक्त बनाउने तयारीमा रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर