पीडित’ होइन,योजनाकारी,, बनकट्टीकी लक्ष्मी बिकको दोहोरो चरीत्र सार्वजनिक ।।

पीडित’ होइन,योजनाकारी बनकट्टीकी लक्ष्मी बिकको दोहोरो चरीत्र सार्वजनिक ।।
लोक संचार अन्लाईन ।।
यहि कार्तिक ११ गते  कपिलवस्तुको शिवराज नगरपालिका–४ बनकट्टीकी लक्ष्मी बिकले एक मिडिया मार्फत सामाजिक सञ्जालमा भिडियो पोस्ट गर्दै आफू मिटरब्याजको सिकार भएको दाबी गरिन्। उनले बाणगंगाका सुशील खत्रीमाथि आफ्नो घर–जग्गा कब्जा गरेको आरोप लगाइन्। भिडियो भाइरल बन्यो, ‘वित्तीय शोषणको सिकार’ भन्दै लघुवित्तविरुद्ध प्रदर्शन पनि भयो। तर दुई दिनमै घटनाले अर्कै रूप लियो लक्ष्मीकी आफ्नै छोरी रन्जना बिक मिडियामा आएर आमा नै दोषी भएको खुलासा गरिन्।
घटनाको सुरुवात : मिटरब्याजको आरोप
लक्ष्मी बिकका अनुसार, २०८० साल जेठ २४ गते उनले सुशील खत्रीसँग १८ लाख रुपैयाँको लेनदेन गरेकी थिइन्। दुई वर्षका लागि सैकडा ४ को ब्याजदरमा रकम लिएको उनले बताइन्। उनका दाबी अनुसार, ब्याजका रूपमा १६ महिनासम्म ११ लाख ५२ हजार रुपैयाँ बुझाइसकेकी थिइन्।तर
उनकि छोरि रन्जना बिक का अनुसार भने केही ६/७ महिनाको  ब्याज मात्रै बुझाएको र अन्य पैसा दिन नपाउदै  जेल गएको बताइन । बनकट्टीस्थित ९ धुरमा बनेको दुईतले घर सुशिल खत्रीको नाममा पास भएको उनले भनिन्। रन्जनाका अनुसार शुशिलले आफ्नो पैसा परिपुर्ति गर्नका लागि बाहिर घर बेच्न लाएको सुचना पाए पछि उनी र उनको मामा  लक्की बिकको अनुरोधमा आफ्नै आफन्त मान बहादुर बिक लाई रु ३३ लाखमा घर जग्गा विक्री गरि सुशीलले  उनको सावा मात्रै १८ लाख राखी बाकी पैसा आफुलाइ दिएको र सोही पैसाले आमालाइ जेल बाट निकालेको दाबी गरिन ।
आमा जेल बाट निस्किएको केही समय पछि विभिन्न ब्याक्तिको उक्सावटमा लागि घर अगाडि ब्यानर टाँगेर विरोध जनाएको जनाइन ।

भिडियो सार्वजनिक भएको दुई दिनपछि लक्ष्मीकी छोरी रन्जना बिक मिडियामा आइन र घटनाको नयाँ पाटो खोलिन्।
उनका अनुसार, मिटरब्याजको कुरा झूट हो। आमा नै अरूलाई फसाउने काम गर्दै आएकी हुन्। सुशिल खत्रीलाई पनि उनले योजना बनाएर फसाउने प्रयास गरेकी हुन्।रन्जनाको भनाइले सामाजिक सञ्जालमा चर्को बहस सुरु गर्‍यो  के लक्ष्मी साँच्चै पीडित हुन्, कि उनी आफैं योजनाकारी?

पुराना काण्डहरू :
बाघको छालादेखि मानव बेचबिखनसम्म
लक्ष्मी बिकको नाम पहिले पनि गम्भीर अपराधहरूमा जोडिँदै आएको प्रहरीले जनाएको छ।
मिति २०८१ साल मंसिर ९ गते इलाका प्रहरी कार्यालय चन्द्रौटाले प्राप्त विशेष सूचनाका आधारमा हल्लानगरस्थित करुणा रेष्टुरेन्ट एण्ड लज अगाडि शंकास्पद व्यक्तिहरूमाथि निगरानी बढायो। त्यही क्रममा बुटवलका विष्णु भट्टराईलाई बाघको छाला सहित पक्राउ गरियो। अनुसन्धान क्रममा सो अपराधको मुख्य योजनाकार लक्ष्मी बिक नै रहेको खुलेपछि उनलाई पनि पक्राउ गरियो  हाल हिरासत बाट उनि धरौटीमा बाहिर निस्केको  स्रोतले जनाएको छ।
त्यसअघि पनि लक्ष्मी चेलीबेटी बेचबिखनमा संलग्न रहेको अभियोगमा जेल जीवन बिताइसकेकी थिइन्।
स्थानीयका अनुसार, जेलबाट निस्किएपछि उनले महिलालाई प्रलोभनमा पार्दै मिटरब्याज र जग्गा ठगीको जालो चलाउने काम थालेकी थिइन्।

“उनी पहिले ‘सहयोग गर्छु’ भन्दै पुग्थिन्, पछि जग्गा आफ्नो नाममा पास गराएर बेच्थिन्,” स्थानीय एक महिलाले भनिन्। एक  महिलाका अनुसार आफ्नो १२ लाख लगेको ५ वर्ष भएको र घरबार बिहिन पारेको गुनासो गरिन ।
लक्ष्मीले आफू पीडित भएको भिडियो पोस्ट गरेपछि धेरैले उनलाई सहानुभूति जनाए। तर पुराना मुद्दा र नयाँ तथ्य बाहिरिएपछि समाजमा ‘सहानुभूति कि रणनीति?’ भन्ने प्रश्न उठेको छ।
लक्ष्मी बिकले आफैंलाई ‘वित्तीय शोषणको सिकार’ भन्दै जनमत आर्जन गर्न खोजेकी थिइन्। तर उनको अतीत र उनको छोरी रन्जनाको अभिव्यक्तिले उनी नै धेरै निर्दोष मानिसहरूलाई मिटरब्याज र ठगीको जालोमा पार्ने योजनाकारी भएको संकेत गर्छ।
बाघको छालादेखि मानव बेचबिखनसम्मका अपराधमा मुछिएकी उनी अहिले फेरि सार्वजनिक सहानुभूति आर्जन गरेर आफ्नो अपराध ढाक्न खोज्दैछिन् भन्ने आरोप स्थानीयहरूमा छ।अब प्रश्न उठ्छ लक्ष्मी बिक वास्तवमै पीडित थिइन्, कि उनी आफैं दर्जनौं पीडित बनाउने योजनाकारी?यो प्रश्नको जवाफ अब आगामी प्रहरी अनुसन्धान र कानुनी निर्णयले दिनेछ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ