शिवगढी सामुदायिक बनको १३ औ साधारणसभा समपन्न ।।

कपिलवस्तु शिवगढी सामुदायिक बनले १३ औ साधारणसभा समपन्न गरेको छ शिवराज नगरपालिका वडा नं ९ को अन्चलपुर टोलमा अवस्थित शिवगढी सामुदायिक बनले शनिबार बिजगौरी आफ्नै भवनमा संस्थाले एक कार्यक्रमको आयोजना गरी सभा समपन्न गरेको हो ।

कार्यक्रमलाई सम्बोदन गर्दै शिवगढी सव डिभिजन बन कार्यलय मगरघट्टाका प्रमुख रमतु चौधरीले अहिलेको उत्पादनलाई प्रयोग गर्दै पछिका पुस्तालाई यो भन्दा राम्रो हुने गरी हस्तरान्तण गर्ने गरी काम गर्नु पर्ने बताउनु भयो । यसका लागी बुढा पुराना रुखहरु निस्चित ठाउबाट हटाउने र त्यस क्षेत्रमा नया बिरुवाहरुलाई राम्रोसंग हुर्काएर र उत्पादनशिल बनमा रुपान्तरण गर्नुपर्ने चौधरीको भनाई छ आर्थिक पक्षलाई पारदर्शि बनाउदै संस्थालाई सामाजिक काममा जोडिन पनि प्रमुख चौधरीको जोड थियो ।

यसैगरी वडा अध्यक्ष रामगोपाल चौधरीले संस्थाले सामाजिक कार्यमा राम्रो प्रयास गरेको भन्दै आगामी कार्ययोजनामा टोलका बिभिन्न स्थानमा मर्मत तथा स्तर उन्नतिका योजनाहरु राखिनु प्रसंशनिय भएको बताउनु भयो आगामी दिनमा वडासंग समन्वय गरी अघि बढन अध्यक्षको सुझाव थियो ।

सव डिभिजन बन कार्यलय मगरघट्टाका प्रमुख रमतु चौधरीे प्रमुख आतिथी रहेको कार्यक्रममा शिवराज नगरपालिका वडा नं.९ का अध्यक्ष रामगोपाल चौधरी, संस्थाका सल्लाहकार माल बहादुर घर्ति मगर, सल्लाहकार नन्दलालपुरी, सल्लाहकार तोर बहादुर जिसी,ईलाका प्रहरी कार्यलयका प्रतिनिधि गगनसिह बुढाथोकी, शिवगढी सरसफाई तथा खानेपानीका अध्यक्ष जयनारायण पुन, नमुना सामुदायिक बनका अध्यक्ष ईश्वर गिरी, अजम्मरी सामुदायिक बनका अध्यक्ष सुकमाया बिक, बिभिन्न बनका प्रतिनिधी, बिभिन्न संस्थाका प्रतिनिधी लगायत स्थानीय उपभोक्ताको उल्लेखनीय उपस्थितीमा भएको कार्यक्रमको संचालन राजेन्द्र बोहराले गर्नु भएको थियो । संस्थाले कार्यक्रममा ३१ लाख बराबरको आयव्याय बिवरण समेत प्रस्तुत गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ