कपिलवस्तु, शिवराज–११, जामुन बगियामा राजमोको प्रशिक्षण कार्यक्रम सम्पन्न

कपिलवस्तु, शिवराज–११, जामुन बगियामा राजमोको प्रशिक्षण कार्यक्रम सम्पन्न

कपिलवस्तु
कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका वडा नं. ११ अन्तर्गत जामुन बगियामा राष्ट्रिय जनमोर्चा (राजमो) को प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।

राष्ट्रिय जनमोर्चा जामुन बगिया गाउँ कमिटी अध्यक्ष गोपाल केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राष्ट्रिय जनमोर्चा जिल्ला सचिव केर सिंह अदैले देशको तत्कालीन राजनीतिक परिस्थिति, राष्ट्रिय जनमोर्चाको वर्तमान नीति तथा कार्यक्रम, राष्ट्रियता र गणतन्त्रको रक्षा, संघीयता, एमसीसी (MCC) खारेजीका लागि पार्टीले गरेको संघर्षबारे प्रकाश पार्नुभयो।

त्यसैगरी उहाँले जेएनजी आन्दोलन, सुसिला कार्की नेतृत्वको सरकार तथा फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनका विषयमा उठेका प्रश्नहरूमाथि राष्ट्रिय जनमोर्चाको स्पष्ट धारणा प्रस्तुत गर्नुभयो।

कार्यक्रमको सञ्चालन राष्ट्रिय जनमोर्चा जिल्ला सदस्य रामबहादुर चमारले गर्नुभएको थियो भने स्वागत मन्तव्य राष्ट्रिय जनमोर्चा जामुन बगिया गाउँ कमिटी उपाध्यक्ष होमबहादुर मगरले राख्नुभएको थियो।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ