कपिलवस्तुमा पत्रकार आचारसंहिता सम्बन्धी जागरण कार्यक्रम सम्पन्न

कपिलवस्तुमा पत्रकार आचारसंहिता सम्बन्धी जागरण कार्यक्रम सम्पन्न भएको छ । प्रेस काउन्सिल नेपालको आयोजना तथा नेपाल पत्रकार महासंघ कपिलवस्तुको संयोजनमा आयोजित कार्यक्रममा जिल्लामा क्रियाशील सञ्चारकर्मीलाई पत्रकार आचारसंहिता सम्बन्धी विस्तृत जानकारी गराइएको छ ।

कार्यक्रमका प्रमुख अतिथि प्रेस काउन्सिल नेपालका केन्द्रीय अध्यक्ष डा. कुमार शर्मा आचार्यले पत्रकारितामा समान अनुभूतिको सिद्धान्त आत्मसाथ गर्नुपर्नेमा जोड दिए । आफूले लेख्ने समाचार आफ्नै विषयमा आयो भने कस्तो अनुभूति हुन्छ भन्ने मर्म बुझेर विवेकपूर्ण ढंगले समाचार लेख्न सके आचारसंहिता स्वतः पालना हुने उनको भनाइ थियो ।

अध्यक्ष आचार्यले पत्रकारले आचारसंहिता पालना गरे कानुनी रूपमा प्रेस काउन्सिलले सुरक्षा गर्ने प्रतिबद्धता व्यक्त गरे । समाचार प्रकाशन तथा प्रसारणपछि त्यसको सम्पूर्ण जिम्मेवारी पत्रकार स्वयंको हुने उल्लेख गर्दै उनले हाल सञ्चार माध्यमले भोगिरहेको आर्थिक सङ्कट समाधानका लागि मिडिया मर्जरको अवधारणा अघि सारिएको जानकारी दिए ।

प्रेस काउन्सिल नेपालका सदस्य सन्तराम बिडारीले काउन्सिललाई थप व्यवस्थित बनाउँदै लगिएको र प्राप्त उजुरीहरूको समयमै सम्बोधन भइरहेको बताए । उनले पत्रकारले आफ्नो मूल धर्म र कर्तव्यको पालना गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ कपिलवस्तुका संस्थापक अध्यक्ष नारायण पौडेल, बुद्ध आवाजका लक्ष्मण बेल्बासे, बुद्धदर्पण राष्ट्रिय दैनिककी पार्वती पाण्डेलगायत वक्ताहरूले पत्रकारितालाई थप मर्यादित, जिम्मेवार र व्यवस्थित बनाउँदै लैजानुपर्ने धारणा व्यक्त गरे पत्रकारले आफ्नो मूल धर्म र कर्तव्यको पालना गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ कपिलवस्तुका संस्थापक अध्यक्ष नारायण पौडेल, बुद्ध आवाजका लक्ष्मण बेल्बासे, बुद्धदर्पण राष्ट्रिय दैनिककी पार्वती पाण्डेलगायत वक्ताहरूले पत्रकारितालाई थप मर्यादित, जिम्मेवार र व्यवस्थित बनाउँदै लैजानुपर्ने धारणा व्यक्त गरे

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ