लालपुरमा पाँचौँ जेष्ठ नागरिक दिवसका अवसरमा सम्मान कार्यक्रम सम्पन्न

लालपुरमा पाँचौँ जेष्ठ नागरिक दिवसका अवसरमा सम्मान कार्यक्रम सम्पन्न

कपिलवस्तुको शिवराज नगरपालिका–१० लालपुरमा राष्ट्रिय जेष्ठ नागरिक समाज नेपालको पाँचौँ जेष्ठ नागरिक दिवस २०८२ का अवसरमा जेष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न भएको छ। शिवराज नगरपालिकाका विभिन्न वडाहरूको सहयोग तथा राष्ट्रिय जेष्ठ नागरिक समाज नेपाल, शिवराज नगर कार्यसमितिको आयोजनामा कार्यक्रम गरिएको हो।
कार्यक्रममा जेष्ठ नागरिकहरूलाई सम्मान गर्दै राष्ट्रिय जेष्ठ नागरिक समाजका केन्द्रीय सचिव थानेश्वर खनालले जेष्ठ नागरिकप्रति सम्मान र संरक्षण गर्ने संस्कारलाई संस्थागत गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने बताउनुभयो। उहाँले बृद्ध–बृद्धालाई सम्मान गर्ने कार्य सकारात्मक र प्रेरणादायी भएको उल्लेख गर्नुभयो।
कार्यक्रमलाई सम्बोधन गर्दै शिवराज नगरपालिकाका नगर प्रमुख अजय थापाले जेष्ठ नागरिक समाजका अभिभावक भएको उल्लेख गर्दै नगरपालिकाले सम्मान तथा संरक्षणका कार्यक्रमलाई प्राथमिकतामा राख्दै आएको बताउनुभयो। उहाँले पालिकाले जेष्ठ नागरिकहरूको घरघरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएको जानकारी पनि दिनुभयो।

कार्यक्रममा शिवराज नगरपालिकाका संस्थापक अध्यक्ष नेत्रराज अधिकारी, समाजसेवी रविदत्त मिश्र, वडा अध्यक्ष मञ्जु मिश्र, नेत्रप्रसाद बेल्वासे, व्यापार संघका अध्यक्ष महादेव पोखरेललगायतले शुभकामना मन्तव्य व्यक्त गर्दै जेष्ठ नागरिकको योगदानको उच्च सम्मान गर्नुपर्ने धारणा राख्नुभयो। ७१ जनालाइ सम्मान गरिएको छ |
नगर अध्यक्ष राम प्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न वडाबाट सहभागी जेष्ठ नागरिकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ