शिवराज–४ को चनई गाउँमा राष्ट्रिय जनमोर्चाको गाउँ भेला सम्पन्न, अध्यक्षमा सरिफ खान चयन

शिवराज–४ को चनई गाउँमा राष्ट्रिय जनमोर्चाको गाउँ भेला सम्पन्न, अध्यक्षमा सरिफ खान चयन
कपिलवस्तु, तौलिहवा — कपिलवस्तु जिल्ला शिवराज नगरपालिका वडा नं. ४ को चनई गाउँमा राष्ट्रिय जनमोर्चाको गाउँ भेला भव्य रूपमा सम्पन्न भएको छ। राष्ट्रिय जनमोर्चा जिल्ला सचिव केर सिंह अदैको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त भेलाले संगठन सुदृढीकरण तथा राजनीतिक चेतना अभिवृद्धि गर्ने उद्देश्य राखेको थियो।
भेलाले सरिफ खानको अध्यक्षतामा सल्लाहकारसहित १५ सदस्यीय राष्ट्रिय जनमोर्चा चनई गाउँ कमिटी सर्वसम्मत रूपमा गठन गरेको छ। गठित कमिटीको उपाध्यक्षमा सेवक पासी, सचिवमा अनिता पासी, सह–सचिवमा झिगरु दुनियाँ तथा कोषाध्यक्षमा बालेश्वर पासी चयन हुनु भएको छ। यसैगरी सदस्यहरूमा भुन्दु नाउँ, मोहम्मद अली, गंगा देवी पासी, निवास पासी, रामदास मुराउ र अमिन पासी चयन हुनु भएको छ। वैकल्पिक सदस्यमा अजोरी पासी र शीबालाल कलवार रहनु भएको छ भने सल्लाहकारमा तारामती लोहार र पवन गुप्ता चयन हुनु भएको छ।
भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि केर सिंह अदैले वर्तमान राजनीतिक परिस्थिति, देशको अवस्था तथा राष्ट्रिय जनमोर्चाको नीति, विचार र कार्यक्रमबारे विस्तृत रूपमा प्रकाश पार्नु भएको थियो। उहाँले ठूला दलहरूले जनतालाई पटक–पटक धोका दिँदै आएको आरोप लगाउँदै जनताले अब सचेत भएर सही राजनीतिक विकल्प रोज्नुपर्ने आवश्यकता औंल्याउनु भयो। साथै, परिवर्तनका लागि संगठित संघर्ष र वैचारिक स्पष्टता अपरिहार्य रहेको बताउनु भयो।
कार्यक्रममा राष्ट्रिय जनमोर्चा जिल्ला सदस्य रामबहादुर चमारले पनि मन्तव्य राख्दै जनताको हकहितका लागि राष्ट्रिय जनमोर्चा निरन्तर संघर्षरत रहेको बताउनु भयो। उहाँले गाउँ–गाउँमा संगठन विस्तार गर्दै जनचेतना फैलाउने अभियानलाई तीव्र बनाइने जानकारी दिनुभयो।

कार्यक्रम सेवक पासीको अध्यक्षतामा सम्पन्न भएको थियो भने पवन गुप्ताले सञ्चालन गर्नु भएको थियो। कार्यक्रममा बालेश्वर पासीले स्वागत मन्तव्य राख्नु भएको थियो। सो अवसरमा जिल्ला सचिव अदैले नयाँ सदस्यहरूलाई पार्टी सदस्यता प्रदान गर्नु भएको थियो।
भेला पश्चात् बसेको बैठकले नियमित रूपमा बैठक बस्ने, राजनीतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने, संगठन विस्तार गर्ने र स्थानीय जनसमस्यामा सक्रिय रूपमा भूमिका निर्वाह गर्ने लगायतका महत्वपूर्ण निर्णय गरेको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ