राष्ट्रिय प्रजातन्त्र पार्टी कपिलवस्तु क्षेत्र नं. ३ को क्षेत्रीय अधिवेशन सम्पन्न, अध्यक्षमा पुनः प्रताप सिंह चौधरी

राष्ट्रिय प्रजातन्त्र पार्टी कपिलवस्तु क्षेत्र नं. ३ को क्षेत्रीय अधिवेशन सम्पन्न, अध्यक्षमा पुनः प्रताप सिंह चौधरी

कपिलवस्तु । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर ३ को क्षेत्रीय अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ । पौष १२ गते कृष्णनगर नगरपालिका–शिवानगरमा सम्पन्न अधिवेशनले क्षेत्रीय कार्यसमितिको अध्यक्षमा पुनः प्रताप सिंह चौधरीलाई सर्वसम्मत रूपमा चयन गरेको छ । यसैगरी निर्वाचन क्षेत्र नम्बर ३ (ख) प्रदेश कार्यसमितिको अध्यक्षमा सुरेन्द्र प्रसाद मौर्य निर्वाचित हुनुभएको छ ।
अधिवेशनले १७ सदस्यीय क्षेत्रीय कार्यसमिति गठन गरेको छ । समितिको वरिष्ठ उपाध्यक्षमा प्रेम नारायण खनाल, उपाध्यक्षमा अनुरागमणि तिवारी र मञ्जु देवी शुक्ल चयन हुनुभएको छ । सचिवमा ओमप्रकाश जिसी, सह–सचिवमा केशव कँडेल तथा कोषाध्यक्षमा चुडामणिा तिवारी चयन हुनुभएको छ । सदस्यहरूमा गोविन्द बहादुर विश्वकर्मा, ओमकार चौधरी, बालकिशुन मौर्य लगायत रहनुभएको छ ।
त्यस्तै निर्वाचन क्षेत्र नम्बर ३ (ख) प्रदेश कार्यसमितिमा अध्यक्ष सुरेन्द्र प्रसाद मौर्य चयन हुनुभएको छ । उपाध्यक्षमा गोपाल मल्ल, ज्ञानप्रकाश मौर्य र निर्मला कुमाल, सचिवमा मोहनमणि पौडेल, कोषाध्यक्षमा गौरी चौधरी तथा सह–सचिवमा दिनानाथ चौधरी चयन हुनुभएको छ । सदस्यहरूमा अरविन्द कुमार चौधरी, शमशेरबहादुर श्रीवास्तव, धर्मवीर मौर्य लगायत गरी १७ सदस्यीय प्रदेश कार्यसमिति गठन गरिएको छ ।
क्षेत्रीय अधिवेशन प्रताप सिंह चौधरीको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रमका प्रमुख अतिथि राप्रपा केन्द्रीय सदस्य पुष्पा रजौरिया रहनुभएको थियो भने विशिष्ट अतिथिमा पार्टीका केन्द्रीय सदस्य एवं शिवराज नगरपालिकाका नगर प्रमुख अजय थापा सहभागी हुनुभएको थियो । कार्यक्रममा जिल्ला अध्यक्ष नारायणबहादुर सिंह, लुम्बिनी प्रदेश सदस्य दीपक रजौरिया, जिल्ला उपाध्यक्ष आरती सिंह यादव, जिल्ला सचिव प्रेमशंकर शुक्ल, जिल्ला प्रवक्ता एवं जिल्ला निर्वाचन समिति सदस्य भूमि राम गिरी, जिल्ला सदस्य केसरीवर्ष जयसवाल, रामचरित्र मौर्य, क्षेत्र नं. ३ (क) का अध्यक्ष नारायण गिरी, युवा संगठनका जिल्ला अध्यक्ष सोनु मोदनवाल लगायतको उपस्थिति रहेको थियो ।
अधिवेशनमा बोल्ने वक्ताहरूले पार्टी संगठन सुदृढ गर्दै राष्ट्र, धर्म र परम्पराको संरक्षणका लागि एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिएका थिए । अधिवेशनबाट नव–निर्वाचित अध्यक्षसहित सम्पूर्ण क्षेत्रीय तथा प्रदेश कार्यसमितिलाई प्रमुख अतिथि पुष्पा रजौरिया र विशिष्ट अतिथि अजय थापाले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो । पार्टीका नेता तथा कार्यकर्ताहरूको उत्साहजनक उपस्थितिमा अधिवेशन सफलतापूर्वक सम्पन्न भएको आयोजकले जनाएको छ

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ