नवराज पौडेल कपिलवस्तु ,,,
कपिलवस्तुको बाणगंगा नगरपालिकामा नेपाल सितोरियो करातेसंघ बाणगंगाको आयोजनामा आयोजित (अन्डर १४) १४ वर्ष मुनिका बालबालिको जिल्ला स्तरीय कराते प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ । शनिवार जिल्लाको विभिन्न नगरपालिकाका खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गरेका यस प्रतियोगितामा बाणगंगा नगरपालिकाले सर्वाधिक पदक जित्दै प्रथम स्थान हासिल गरेको छ।
नेपाल सितोरियो करातेसंद्धघ कपिलवस्तुका अध्यक्ष एवम बाणगंगा डोजोका मुख्य प्रशिक्षक डम्वर बहादुर सोमैको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अतिथि जिल्ला खेलकुद विकास समिति कपिलवस्तुका कार्यलय प्रमुख एवम् राखेप कराते प्रशिक्षक) मन प्रसाद पोख्रेलले खेलको महत्व र युवा पुस्तामा पर्ने सकारात्मक प्रभावको चर्चा गर्दै बाणगंगा डोजोले आयोजना गरेको प्रतियोगिता सह्रानीय रहेको बताउनुभयो ।

यसैगरि बाणगंगा नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख खिम बहादुर जिसी, रेफ्री संयोजक–कपिलवस्तु रेफ्री काउन्सिल एवम् पूर्व राखेप कराते प्रशिक्षक) हेमन्त कुमार श्रेष्ठ, बाणगंगा नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष, छबि रेशमी मगर, नेपाल कराते महासंघ कपिलवस्तुका अध्यक्ष सागर खासु मगर लगाएतले सम्वोधन गर्दै स्थानीय स्तरबाटै उत्कृष्ट खेलाडी उत्पादन गर्न यस्ता प्रतियोगिताहरूको आवश्यकता माथि जोड दिंदै, यसले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म खेलाडीको यात्रा तय गर्न सहयोग पु¥याउने विश्वास व्यक्त गर्दै यस्ता खालको प्रतियोगिताले खेलाडीहरूमा उत्साह थप्ने र उनीहरूको कौशल विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए ।
प्रतियोगितामा बाणगंगा नगरपालिकाका खेलाडीहरूले कुल २७ स्वर्ण, २३ रजत, र ५२ कास्य पदक हासिल गर्दै प्रथम स्थान प्राप्त गरेको छ । शिवराज नगरपालिकाले १ स्वर्ण, ४ रजत, र ५ कास्य पदकसहित दोस्रो स्थानमा रह्यो भने कपिलवस्तु नगरपालिकाले १ स्वर्ण, १ रजत, र १ कास्य पदकसहित तेस्रो स्थान हासिल गरेको हो ।
प्रतियोगितामा वरिष्ठ कराते प्रशिक्षक दल बहादुर नेपालीको स्वागत मन्तव्य तथा कार्यक्रम सञ्चालन सिनियर खेलाडी तथा कराते प्रशिक्षक सबिना आचार्यले गरेकी हुन । यस प्रतियोगिताले भविष्यमा साउथ एसियन गेम्ससम्मको यात्रा तय गर्ने खेलाडीहरू तयार गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।














