अखिल नेपाल किसान महासंघ (अप्फा ) कपिलवस्तुको अध्यक्षमा आचार्य  ,

माधब भाट क्षेत्री कपिलवस्तु

अखिल नेपाल किसान महासंघ (अप्फा ) कपिलवस्तुको जिल्ला भेला आज बुद्धभूमिको गोरुसिहेमा सम्पन्न भयको छ। भेलाले सिद्धि आचार्यको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति र ३ सदस्यीय सल्लाकार रहेको अखिल नेपाल किसान महासंघ (अप्फा ) कपिलवस्तुको गठन गरेको छ। समितिको उपाध्यक्षमा बिष्णु खनाल , सचिवमा ऋषिराम शर्मा ,कोषाध्यक्षमा मिना के सी , सदस्यहरुमा श्याम खनाल ,चेत नारायण पाण्डे, ज्ञानिश्वर पौडेल ,दुर्गा चालिसे, भक्त्त बहादुर थापा रहेका छन्। सल्लाहकारमा मुक्तिराम न्योपाने , नर बहादुर घर्ति मगर र प्रेम कला खत्री रहेका छन्।
भेलामा प्रमुख अतिथि अखिल नेपाल किसान महासंघ (अप्फा ) का केन्द्रिय उपाध्यक्ष शिव पौडेलले किसान संघको गौरवपूर्ण इतिहास रहेको ,बिगतमा ठुला ठुला आन्दोलन किसान संघको अगुवाइमा भयको स्मरण गर्दै अहिले पनि किसानका समस्याहरु संगठित प्रकारले उठान गर्न जरुरि रहेको बताउदै किसान हरुले उत्पादन गरेको बस्तुले वास्तविक मूल्य नपायको खालि बिचौलिवाहरुको बिगबिगी रहेकोले राज्यले किसानहरुले गरेको उत्पादनको सहि मूल्य पाउने ब्यबस्था गर्न जोड दिनु भयो। कार्यक्रममा ने क पा मसाल कपिलवस्तुका प्रवक्ता माधव भाट क्षेत्री , राजमो कपिलवस्तुका अध्यक्ष राम प्रसाद बेल्बासे, जनजाति सम्मेलनका अध्यक्ष नर बहादुर घर्ति मगर शिक्षक संगठनका अध्यक्ष हिमलाल बेल्बासे, रक्तिम अभियानका प्रतिनिधि मान बहादुर नेपालीले भेला सफलताको शुभकामना दिनुभयको थिय। नया निर्वाचित पदाधिकारीहरुलाइ पिताम्बर खनाल र माधव पौडेलले सफल कार्यकालको शुभकामना दिनु भयको कार्यक्रममा नव निर्वाचित अध्यक्षले प्रतिवधता मन्तब्य राख्नु भयको थिय। शहिदहरु प्रति एक मिनेट मौन धारण गरेर शुरु भयको कार्यक्रममा उपाध्यक्ष बिष्णु खनालले स्वागत मन्तब्य राख्नु भयको कार्यक्रमको अध्यक्षता मुक्तिराम न्योपाने र संचालन जिल्ला सचिव ऋषिराम शर्माले गर्नु भयको थिय।

प्रतिक्रिया
सम्बन्धित खवर