नेपाल मुक्तक प्रतिष्ठान दक्षिण कोरिया शाखाको पाँचौँ अधिवेशन सम्पन्न

नेपाल मुक्तक प्रतिष्ठान दक्षिण कोरिया शाखाको पाँचौँ अधिवेशन सम्पन्न भएको छ । गत आईतबार भर्चुअल माध्यम मार्फत उक्त कार्यक्रम सम्पन्न भएको हो ।

अधिवेशनले निर्दोष शिवको अध्यक्षतामा २३ सदस्यीय कार्यसमिति गठन गरेको छ ।
कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा दीपक राज बञ्जाडे, उपाध्यक्षमा जीवन भण्डारी महासचिवमा आर पि सि सङ्गम, सचिवमा प्रकाश पाठक, कोषाध्यक्षमा दुर्गा तिवारी र सह-कोषाध्यक्षमा रुद्र कँडेल चयन हुनु भएको छ । त्यस्तै सदस्यहरूमा रुसन सुवेदी,सरोज सर्वहारा, राजेश सुवेदी, रोदुङ्ग यायावर, विवेक रिजाल, अजय गोले, तिल्ता मगर, किरण गितार, मानकाजी शाक्य, लोकेश जंङ्ग ब. चन्द, वसन्त हरियाली, स्टार मगर, डि एन के कुँवर, रोशन राज भट्टराई, सन्तोष चौँलागाईँ र महेश रेग्मी रहेका छन् ।

कार्यसमितिले सल्लाहकार समितिमा,
विष्णु वाग्ले, विदुर शर्मा, ह्यारी बोण्ड, जीवन खत्री, डा. कमला केसी , लोकराज न्यौपाने, सुशिल अर्याललाई मोनोनित गरेको छ ।
संस्थाको संरक्षक समितिमा
संयोजक निवर्तमान अध्यक्ष आर.एन अधिकारी रहनु भएको छ भने सदस्यहरूमा गङ्गा पौडेल (संस्थापक अध्यक्ष) सन्तोष अमगाईँ (पूर्व अध्यक्ष) रामचन्द्र शर्मा (पूर्व अध्यक्ष) रहनु भएको छ ।

यस कार्यसमितिले मुक्तकको बिकास र बिस्तारमा लागि राम्रो भुमिका खेल्ने छ भन्ने विश्वास राख्दै उपस्थित अतिथिहरुले शुभकामना व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ