शैक्षिक गुरणस्तर वृद्धिका वडा नम्बर ६ मा निशुल्क कोचिङ

कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर ६ को वडा कार्यालयले विद्यार्थीहरूको शैक्षिक गुणस्तर बढाउनका लागि आजबाट निःशुल्क कोचिङ सञ्चालन गरेको छ ।

शिवराज नगरपालिका वडा नं ६ मा रहेको त्रिभुवन आदर्श माध्यमिक विद्यालय पिपरी र आधारभूत विद्यालय धर्मनगरका विद्यार्थीहरुको लागि कोचिङ सेन्टर सञ्चालन गरेको वडा अध्यक्ष माहेताव आलम खाले जानकारी दिनुभयो ।

त्रिभुवन आदर्श माध्यमिक विद्यालय पिपरीमा सञ्चालन भएको कोचिङ सेन्टरमा १५० जना विद्यार्थी र आधारभूत विद्यालय धर्मनगरमा सञ्चालन भएको कोचिङ सेन्टरमा ५० जना गरी कुल २०० जना विद्यार्थीहरू लाभान्वित हुने अध्यक्ष खाले बताउनु भयो ।

त्रिभुवन आदर्श माध्यमिक विद्यालय पिपरिका कक्षा ८, १० र आधारभूत विद्यालय धर्मनगरका कक्षा ८ का विद्यार्थीहरूलाई निःशुल्क रुपमा कोचिङ सेन्टर सञ्चालन गरिएको विद्यालय प्रशासनले जनाएको छ ।
वडा कार्यालयबाट निःशुल्क रुपमा कोचिङ सेन्टर सञ्चालन गर्दा स्थानीय विद्यार्थी खुसी व्यक्त गरेका छन । #

आफ्नो वडाको लगानीमा स्थानीय विद्यालयमा निःशुल्क रुपमा कोचिङ सेन्टर सञ्चालन हुँदा अभिभावकहरू समेत खुसी भएका छन ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ