मुस्लिम महिलाका लागि सिलाइ कटाइ तालिम ।।

मुस्लिम महिलाका लागि सिलाइ कटाइ तालिम ।।

नवराज पौडेल कपिलवस्तु
कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर ४ मा सिलाइ कटाइ तालीम सुरु गरिएको छ । खास गरि मुस्लिम तथा मधेसी समुदायका महिलाहरू घर बाहिर निस्कन असहज मान्ने गरेको अवस्थामा कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर ४ मा उनीहरूलाई सिप सिकाएर व्यावसायिक बनाउने योजना अघि सारिएको छ ।
वडा नम्बर ४ बर्गदवा र पिपरी गाउँका मुस्लिम र दलित महिलाका लागि ४५ दिने सिलाइकटाई तालिम सुरु गरिएको वडा अध्यक्ष नसिम अहमद खानले जानकारि दिनु भयो
तालिममा ३० जना महिलाको सहभागिता रहेको उहाँले बताउनु भयो । वडाको वार्सिक कार्यक्रम अन्तगत उद्यम महिलाहरूलाई घरमै स्वरोजगार बनाउनका लागि तथा ‘ग्रामीण महिलालाई आत्मनिर्भर बनाउन यो तालिम प्रदान गरिएको र उनीहरूका लागि सिलाइकटाई मेसिन, कपडा र प्रशिक्षकको व्यवस्था गरिएको खानले बताउनु भयो
४५ दिनको आधारभूत सिलाइकटाई तालिम सुरु भएपछि महिलाहरूले घरमै तथा गाउँका केन्द्रमा सिलाइकटाईको काम गर्न सुरु गर्ने एक प्रशिक्षार्थी निसाबुदिन खानले बताइन । अर्को वर्ष उनीहरूका लागि थप दोस्रो चरणको सिलाई कटाई तालिम दिइने अध्यक्ष खानले प्रतिवद्द्ता जाहेर गर्नु भएको थियोे ।

प्रतिक्रिया
सम्बन्धित खवर