मदरसाका किशोरीहरुलाइ आत्मरक्षा समुदायमा उत्साह

कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. ४ मा   मदरसामा अध्ययन गर्ने किशोरीहरूको लागि आत्मरक्षा तालीम सुरु गरिएको छ । जिल्ला मै पहिलो  पटक मदरसामा तालीम सुरु हुँदा  स्थानिय समुदायमा चासो र उत्साह  देखिएको वडा अध्यक्ष नसिम अहमद खानले बताउनु भयो । किशोरीहरूको सुरक्षा र आत्मनिर्भरता सुनिश्चित गर्ने उदेश्यले  वडाबाट बजेट विनियोजन गरिएको उहाँले बताउनु भयो ।

खानले”आजको समाजमा किशोरीहरूको सुरक्षा पहिलो प्राथमिकता रहेकाले  तालीमबाट किशोरीहरूलाई केवल शारीरिक सुरक्षा मात्रै होइन, उनीहरूको आत्मविश्वास र मानसिक बल पनि बढाउने बिश्वास ब्याक्त गर्नुभयो ।।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै   शिवराज नगरपालिकाका शिक्षा शाखा प्रमुख पुर्ण बहादुर बिश्वोकर्माले वडाको यो पहललाई उच्च कदर गर्दै  “किशोरीहरूलाई  सशक्तिकरणको यो अभियान मात्र नगरपालिका होइन, सम्पूर्ण समाजको जिम्मेवारी रहेको बताउनु भयो । आजको युगमा यस्ता कार्यक्रमहरूको आवश्यकता रहेकाले प्रत्येक मदरसामा यस्ता खालका कार्यक्रम हुन आवस्यक रहेको बताउनु भयो ।  उहाँले मदरसामा अध्यन गर्ने किशोरीहरूको शारीरिक सुरक्षा,  मानसिक शक्ति र आत्मविश्वासको  वृद्धि हुने  बताउनु भयो ।  ४ दिने आत्मरक्षा तालीम लोक संचार मिडिया प्रालिको आयोजना तथा   वडा नं. ४ को सहयोगमा  शुरु गरिएको हो।  तालीममा वडाका  २५० जना किशोरीहरू समावेश गरिने लोक संचार मिडिया प्रा.लिका निर्देशक नवराज पौडेलले बताउनु भयो ।  कार्यक्रममा नेपाल पत्रकार महासङ्घ कपिलवस्तुका सचिब शनि उल्ला धोबी अकोराब लुम्बिनी प्रदेसका पुर्व अध्यक्ष राजु खराल लगाएतले शुभकामना मन्तव्य राख्नु भएको थियोे ।

प्रतिक्रिया
सम्बन्धित खवर