कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर ३ ले मौलिक धार्मिक सस्कृती संरक्षण तथा संवद्र्धनका लागि स्वर्गद्वारी भजन मन्डली समूह लाई वाध्यवादनका सामाग्री प्रदान गरेको छ वडा नम्बर ३ का वडा अध्यक्ष टेकलाल सापकोटाले आफ्नो मौलिक बाजा र संस्कृतिको संरक्षण गर्न सामग्री प्रदान गरिएको जानकारी दिनुभयो। “हाम्रो पहिचान भनेको संस्कृति मौलिक परम्परा हो त्यसैले मौलिक परम्परा लाई जोगाउने उदेश्यले वितरण गरेका छौँ “यो नै लोप भयो भने हामी पनि रहन सक्दैनौँ त्यसकारण यसको संरक्षणमा हामी सबै लाग्नुपर्छ।” 
अहिले लोकभजनहरू पनि बूढापाकामा मात्र सीमित भएको गुनासो गर्दै युवापुस्तामा पनि यसको आस्था हुनुपर्नेमा उहाँले जोड दिनुभयो। वाध्यवादन सामग्री प्रदान गरेपछि स्वर्गद्वारी मन्दिरमा महाशिवरात्री सम्म दैनिक रूपमा भजन गाइने समेत उहाँले बताउनु भयो ।
उहाँले लोकसंस्कृति संरक्षणका लागि युवा वर्गदेखि बालबालिकालाई पनि मौलिक बाजाहरूको तालिम दिन आवश्यक रहेको बताउनु भयो । सामाग्री वितरण कार्यक्रम लाई सम्बोधन गर्दै चन्द्रौटा उद्योग वाणिज्य संघका अध्यक्ष इश्वरी प्रसाद पाण्डेले मौलिक लोक संस्कृतीको संरक्षण सहित स्वरोजगार बन्न सुझाव दिनु भयो । कार्यक्रममा समाजसेवी कपिलदेब खनाल, स्वर्गद्वारी आश्रम खरेन्द्रपुरका अध्यक्ष चुडामणि पोख्रेल लगाएतले शुभकामना दिनुभएको थियो ।
भजन मन्ड्ली समुहलाइ स्वर्गद्वारी आश्रममा ५ दिन सम्म तालीम गराइने भएको छ । वडाले गत वर्ष पन्छे बाजाको तालीम संचालन गरि शिवराज महिला बाजा समुहका करिब ३० जना लाई स्वरोजगार बनाएको छ । भने अचार बनाउने, हार्पिक फिनाएयन बनाउने, चप्पल बनाउने जस्ता स्वरोजगार बनाउने तालीम प्रदान गर्दै आइरहेको छ ।














