नेकपा माओवादी केन्द्रको भातृ संगठन अखिल नेपाल महिला संघ क्रान्तिकारी शिवराज नगर कमिटीले ले शिवगढीमा महिला दिवस मनाएकाे छ ।
शनिबार शिवराज वडा न ९ मा एक कार्यक्रमको आयोजना गरी ११५ औ अन्तर्राष्ट्रिय महिला मनाएकाे हो।
११५ औँ अन्तर्राष्ट्रिय महिला दिवस नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाउदै गर्दा शिवराजका महिलाले पनि दिवस मनाएकाे छ । दिवस ११५ औँ अन्तर्राष्ट्रिय महिला दिवस नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी‘सबै महिला तथा बालिकाको लागि : अधिकार, समानता र सशक्तीकरण’ भन्ने मूल नाराका साथ अन्तर्राष्ट्रिय महिला दिवस मनाइएको छ। सरकार र सरोकारवाला निकाय तथा विभिन्न महिला सङ्गठनले यस दिवसका अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरेका छ्न ।
कार्यक्रममा नगर ईन्चार्ज दिनेश पुन ,अघ्य्क्ष चुर बहादुर खड्का ,अखिल नेपाल महिला संघ क्रान्तिकारी शिवराज नगर अध्यक्ष सिता , लगायत नेता कार्यकर्ताको उपस्थिति मा भएको थियोे । कार्यक्रमका वक्ताहरुले कुनै पनि आधारमा हुने सबै प्रकारका विभेद, शोषण र अन्यायको अन्त्य गरी सभ्य र समतामूलक समाजको निर्माण गर्ने नीति लिए पनि व्यवहारमा विभेद अन्त्य हुन नसकेको धारणा थिए ।
सन् १९७५ देखि संयुक्त राष्ट्रसङ्घले नारी दिवस मनाउन थालेको हो । पहिलो नारी दिवसको नारा ‘विगतलाई उत्सवको रूपमा मनाउने र भविष्यको योजना बनाउने’ तय गरिएको थियो । सन् १९०८ को मार्च ८ मा अमेरिकामा १५ हजार बढी महिलाले दैनिक काम गर्ने समय घटाउनुपर्ने, राम्रो तलब पाउनुपर्ने र मतदानको अधिकार दिनुपर्ने माग राख्दै प्रदर्शन गरेका थिए । महिला हक र अधिकारको माग सारेर महिलाले नै सङ्घर्ष सुरु गरेको दिनको स्मरणमा यो दिवस मनाइन्छ ।














