विजयनगरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रको भवन निर्माण हुँदै
कपिलवस्तु, १९ चैत्र ।
कपिलवस्तुकाे विजयनगर गाउँपालिकामा रहेको इलाका प्रहरी कार्यालय गणेशपुरमा महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रकाे भवन निर्माण हुने भएको छ । सुविधा सम्पन्न आधुनिक भवन निर्माणकाे बारेमा जनप्रतिनिधि, बालबालिका, समाजसेवी, बुद्धिजीवी, स्थानीय लगायतसँग साे भवन निर्माणकाे उद्देश्यकाे बारेमा मंगलबार एक कार्यक्रमबीच जानकारी गराइएको प्रहरी निरीक्षक हर्ष बहादुर चन्दले जनाए । उनलेे भवनकाे संरचना निर्माणका लागि राय-सल्लाह समेत लिएकाे बताए ।
सुरक्षा र न्याय परियोजना अन्तर्गत बेलायत सरकारकाे युकेएआइडीकाे आर्थिक सहयोगमा युएनओपिएस संस्थाले उक्त भवन निर्माण गर्न लागेकाे सिनियर इन्जिनियर शिशिर उपाध्यायले बताए । इलाका प्रहरी कार्यालय गणेशपुर र रुपन्देहीको मर्चवारीमा पनि महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रकाे भवन निर्माण हुन लागेकाे उनले बताए । उनका अनुसार करिब ८ कराेडकाे लागतमा दुबै ठाउँकाे भवन निर्माण हुने लागेकाे छ । गणेशपुरमा बैशाख महिनादेखि भवन निर्माणकाे काम सुरु हुनेछ ।
महिला तथा बालबालिकाकत विभिन्न आपराधिक गतिविधिहरुमा संलग्न तथा हिंसाका पिडितहरुलाई राख्नकाे लागि याे भवन बनाउन लागेकाे परियोजनाका इन्जिनियर शिशिर उपाध्यायले जानकारी दिए । उनले १ वर्षभित्र भवन निर्माण गरि प्रहरीलाई हस्तान्तरण गरिने बताए । उनलेे लुम्बिनी प्रदेश कपिलवस्तुकाे चन्द्राैटा, विजयनगर, रुपन्देहीकाे मर्चवारी, बाँकेकाे काेहलपुर लगायत ठाउँमा भवन निर्माण हुने बताए ।
विजयनगर गाउँपालिका अध्यक्ष गाेपाल बहादुर थापाले नागरिक सुरक्षाको हिसाबले महत्त्वपूर्ण कामकाे सुरुवात भएको बताए । आपराधिक गतिविधिमा संलग्न व्यक्तिलाई सुरक्षित स्थानकाे समस्या भएकाे हुँदा भवन निर्माणपछि उक्त समस्या हट्ने उनलेे बताए । भवन निर्माण लगायत अन्य कार्यमा गाउँपालिकाले सक्दाे सहयोग गर्ने अध्यक्ष थापाले प्रतिबद्धतासमेत जनाए ।यस्तै ७ का वडा अध्यक्ष दिनेश कुमार चाैधरीले यस सेवा केन्द्रले हिंसामा परेकालाई सहज हुने बताए । उनले सामुदायिक काम भएकोले भवन निर्माण लगायत काममा सबै समुदायले मिलेर आवश्यक सहयोग गर्न अनुरोध गरे । ५ का वडा अध्यक्ष अनवर मुसलमान, ३ का वडा अध्यक्ष हृदय विकास चाैधरी, समाजसेवी अमर पाैडेल, रफिक मुसलमान लगायतले राय-सल्लाह दिँदै भवन बन्न लागेकाेमा खुसी व्यक्त गरेका थिए ।














