शिवराजमा तीन पाङ्ग्रे अटो चालक अनुमतीपत्र ट्रायल सम्बन्धि १५ दिने पुर्व तयारी प्रशिक्षण कार्यक्रम सुरु ।।

शिवराजमा तीन पाङ्ग्रे अटो चालक अनुमतीपत्र ट्रायल सम्बन्धि १५ दिने पुर्व तयारी प्रशिक्षण कार्यक्रम सुरु ।।
नवराज पौडेल कपिलवस्तु ।।

कपिलवस्तुको शिवराज नगरपालिका को आयोजनामा तीन पाङ्ग्रे अटो चालक अनुमतीपत्र ट्रायल सम्बन्धि पुर्व तयारी प्रशिक्षण कार्यक्रम सुरु भएको छ ।मेयर रोजगार कार्यक्रम अन्तर्गत नगरपालिमा फारम भरी आएका २७ जनालाई १५दिने प्रशिक्षण दिनका लागि शुक्रवार बाट औपचारिक कार्यक्रम को उद्घाटन गरिएको नगर प्रमुख अजय थापाले जानकारी दिनु भयो। प्रथम पटक प्रकाशित गरिएको सुचनाका आधारमा २७ जनाले फार्म भरेको र अन्य अनुमतिपत्र नभएकाले समेत नगरमा सम्पर्क गरि तालीम लिन सकिने बताउनु भयो ।
। नगरको आयोजना तथा एसपी एस ए कम्प्युटर ईन्स्टिच्युटको समन्वयमा तालीम को आज औपचारिक उद्घाटन गरिएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख थापाले युवालाइ स्वोजगार बनाउनुका साथै अनुमतीपत्र नहुदा अटोचालक दाजुभाइ दिदिबहिनीलाई बिमा लगाएतका कुरामा समस्या भएको भन्दै तालीम को आयोजना गरिएको बताउनु भयो । तालीम पश्चात् आफू पनि सुरक्षीत हुने र अरुलाइ पनि सुरक्षा प्रदान गर्नका लागि खास गरि अटो चालकका लागि तालीम को आयोजना गरिएको उहाले बताउनु भयो । प्राय नगरमा अटो चलाएर जिबिको पार्जन गर्ने ब्याक्तीहरु रहेकोले कुनै घटना घटेमा घरखेत नै बेच्नु पर्ने अवस्था सिर्जना हुन सक्ने भएकाले चालकलेआफु मात्र नभई सवारीको सुरक्षामा समेत ध्यान दिन जरुरी रहेको उहाँले बताउनु भयो ।
कार्यक्रममा वडा नम्बर ७ का वडा अध्यक्ष अनुप कुमार चौधरी ले नगरले अटो चालकहरुका उत्कृष्ट कार्य गरेको भन्दै खुशि ब्याक्त गर्नु भयो । उहाले १५ दिनको तालिमले अनुमति पत्र प्राप्त गर्न सहज हुने हुदा प्रशिक्षार्थीहरुलाइ तालीममा ध्यान दिन अनुरोध गर्नु भयो । शिवराज नगरपालिकाले हरेक वर्ष युवा स्वोजगारका लागि विभिन्न तालीम संचालन गर्दै आइरहेको छ । नगरले गत वर्ष कार, तथा कुकको तालीम प्रदान गरेको थियो । मेयर रोजगार कार्यक्रम अन्तरगत विभिन्न तालीम प्रदान गर्दै आएको थापाले बताउनु भयो ।

प्रतिक्रिया
सम्बन्धित खवर