शिवराज ३ मा १ सय ८७ जनालाई लाल पुर्जा वितरण ।।
नवराज पौडेल कपिलवस्तु चैत्र २९ गते
कपिलवस्तुकाे शिवराज नगरपालिका वडा नम्बर ३ मा डि ब्लक जग्गाकाे जग्गाधनी दर्ता प्रमाण पुर्जा वितरण गरिएको छ ।शुक्रवार भुमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीद्वारा गाउँ ब्लक पुर्जा वितरण गरिएको हाे । वडाका १ सय ८७ जनालाई पुर्जा वितरण गरिएको नापी कार्यालय ताैलिहवाका प्रमुख अधिकृत जनक बहादुर भण्डारीले जानकारी दिनुभयो ।
पुस्ताैँदेखि भाेगचलन गर्दै आए पनि आफ्नो नाममा पुर्जा नहुँदा विभिन्न समस्या भाेग्दै आएका वडावासिलाइ अहिले जग्गाधनी पुर्जा वितरण गरिएको हाे । वडा ३ ४ वटा गाउँका वडा बासिलाइ पुर्जा वितरण गरिएको छ ।
कार्यक्रममा भुमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले वर्षाैदेखि बसाेबास गर्दै आएका तर जग्गा पुर्जा नभएकाे नागरिकलाई लालपुर्जा वितरण गरिएको बताउनु भयो । तीन ओटै सरकारले मिलेर जनताको काममा लाग्नुपर्ने बताउँदै नागरिकले पनि पुर्ण सहयोग गरे मात्र काम गर्न सजिलो हुने उहाको भनाइ छ । उहाले बाँकी असार मसान्तसम्म पालिकाका अन्य जग्गा को समेत सकाउने गरि लाग्न निर्देशन दिनुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेश सभा सदस्य तथा पुर्व वन मन्त्री अर्जुन कुमार केसिले भुमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसाेबासीलाई आयाेग बनाएर काम सुरु गर्न अनुरोध गर्नुभयो । सरकारले भुमि समस्या समाधानका लागि नियम, कानुन बनाएर लालपुर्जा बितरण गर्ने कुरामा लाग्न सुझाव दिदै सके सम्म असार मसान्तसम्म सम्म शिवराजमा पुर्जा वितरणको काम सप्पन्न गर्ने गरि लाग्न नापी कार्यलयलाइ आग्रह गर्नु भयो ।
शिवराज नगरपालिका नगर प्रमुख अजय थापाले लामो समयपछि जग्गा पुर्जा बिहीन वडा बासिले पुर्जा प्राप्त गर्न सफल भएको बताउने अन्य वडामा समेत पुर्जा बितरण कार्यको थालनीका लागि पालिकाले गर्नुपर्ने सहयोग गर्न तयार रहेको बताउनु भयो । उहाले लालपुर्जा नहुँदा झेल्दै आएकाे समस्या समाधान भएको बताउनु भयो । लालपुर्जा प्राप्त गर्न लाग्ने खर्च २५ रुपैयाँ वडा अध्यक्ष टेकलाल सापकोटाले तिरी दिएकोमा धन्यवाद दिनु भयो ।
यस्तै वडा अध्यक्ष टेकलाल सापकोटाले अन्य बाकि रहेका डि बलक तथा भुमिहिन दलित सुकुम्बासीका समस्या समाधान गर्न सम्पुर्ण राजनीतिक दल एकजुट भइ लाग्न आग्रह गर्दै खास गरि वडा नम्बर ३ मा लालपुर्जा बितरणमा सहयोग गर्ने नापी कार्यालय, मन्त्री अधिकारी नगरपालिका लगाएत सम्पुर्णमा धन्यवाद ज्ञापन गर्दै पुर्जा वितरण कार्यलाई निरन्तरता दिने बताउनु भयो ।














