श्री बिगुल बचत तथा ऋण सहकारी संस्थाको १४औं स्थापना दिवस सम्पन्न
नवराज पौडेल कपिलवस्तु ,
“मर्यादित सहकारी, समुन्नत समाज” भन्ने नारासहित श्रीबिगुल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४औं स्थापना दिवस भव्य रूपमा सम्पन्न भएको छ। २०७९ बैशाख २५ गते स्थापना भइ ७५००० बाट सुरु भएको सस्थाले हाल ६ करोड बराबरको कारोबार गरिरहेको अध्यक्ष नर बहादुर पौडेलले बताउनु भयो ।
कार्यक्रममा सहकारी क्षेत्रका अगुवा व्यक्तिहरू, स्थानीय उद्यमी, सदस्य तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमका प्रमुख शिवराज नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष टेकलाल सापकोटाले रोजगार सिर्जना हुने खालका स्टार्टअप व्यवसायलाई नगरपालिकाले प्राथमिकतामा राखेको जानकारी दिनुभयो। उहाँले स्टार्टअप व्यवसायका लागि बिना धितो ऋण प्रवाह गर्न सूचना प्रकाशित भइसकेको भन्दै इच्छुक उद्यमीले त्यसको लाभ उठाउन आग्रह गर्दै सहकारीले समेत स्वोरोजगार मुलक कार्यक्रम गर्न आवश्यक रहेको बताउनु भयो ।
संस्थाका अध्यक्ष नरबहादुर पौडेलले संस्थालाई दिगो बनाइ राख्न व्यक्ति भन्दा पनि स्पष्ट नीति र योजना आवश्यक हुने धारणा व्यक्त गर्नुभयो। उपाध्यक्ष सारदा खनालले स्वागत मन्तव्य दिँदै सहकारीले महिलाहरूको जीवनस्तर उठाउन खेलेको भूमिकालाई स्मरण गर्नुभयो।
मिलिजुली बचत समुहकी ब्यावस्थापक अनिता भुसालले ऋणको सहि सदुपयोग गरी उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिनुभयो। कार्यक्रममा लक्ष्मी महिला तरकारी समुहका अध्यक्षले समेत सहभागिता जनाउँदै उद्योग खोल्नका लागि संकलन भएको लगानीलाई उपयोग गरी उद्यमशीलताको विकास गर्नुपर्ने विचार राख्नुभयो। कार्यक्रमको संचालन संस्थाका सचिव बेलसिंह रावतले गर्नुभएको थियो।
कार्यक्रममा सहकारीको फाइदा विषयमा निबन्ध प्रतियोगितामा उत्कृष्ट निबन्ध लेख्ने ३ छात्रालाइ नगद सहित सम्मान गरिएको थियोे । राष्ट्रिय. मावि चन्द्रौटाकी १२ कक्षामा अध्यनरत रन्जता बुढामगर प्रथम स्थान हासिल गर्दै ४ हजार, राष्ट्रिय मावि चन्द्रौटाकी १० कक्षामा अध्यनरत श्सरिता वि.क.द्वितिय स्थान हासिल गर्दै ३ हजार र नेपाल आदर्श मावि शिवपुरकी ९ कक्षामा अध्यनरत संगिता वि.क. तृतिय स्थान हासिल गर्दै २ हजार नगद सहित समानित भएका हुन । प्रतियोगितामा १२ जनाको सहभागीता रहेको थियो ।














