कपिलवस्तुका निस्चल पन्थीको “काण्ड” गीत सार्वजनिक हुँदै ।

कपिलवस्तुका निस्चल पन्थीको “काण्ड” गीत सार्वजनिक हुँदै ।

कपिलवस्तुको शिवराज नगरपालिका–४ बन्कट्टीबाट राजधानी काठमाडौंको आँगनमा पाइला टेकेका युवा कलाकार निस्चल पन्थी अब आफ्नै गित लिएर दर्शक–श्रोतामाझ उपस्थित हुने तयारीमा छन्। हिरो बन्ने सपना बोकेर संघर्षको मैदानमा होमिएका निस्चलले म्युजिक भिडियो, टेलिसिरियल हुँदै नेपाली चलचित्रमा समेत अभिनयको छाप छोडिसकेका छन्।
अब भने उनी “काण्ड” नामक मौलिक गीतमार्फत नेपाली सांगीतिक क्षेत्रलाई नयाँ धार दिने तयारीमा छन्। गीतको मुख्य थिम, कन्सेप्ट र प्रस्तुति सबैमा निस्चलकै सक्रियता देखिन्छ। यस गीतमा उनी मुख्य कलाकार को रूपमा देखिनेछन् भने उनी स्वयंले कथा विकास र भावनात्मक प्रवाह पनि डिजाइन गरेका छन्।
गितमा  सुरेन्द्र बसेलको निर्देशन   सुबिन सेन्चुरीको स्वर
सागर सन्सार राइको मिक्सिङ रहेको गित  माहोल स्टुडियोमा रेकर्ड गरिएको पन्थीले जनाए । भिडियो यहि असार २३ गते सोमबार  Action Cut Movies Nepal युटुव च्यानल बाट रिलिज हुने भएको छ   । भिडियोमा मुख्य कलाकार: निस्चल पन्थी  र मेरि बास्सैका कलाकार ल्याङ्री दादा रहेका छन ।
“काण्ड” गीतमा देशको  सामाजिक यथार्थ, पछिल्लो समय देशमा भएको अराजकतालाइ समेत  चित्रण गरिएको छ। अहिले गीत पोस्ट–प्रोडक्सनको अन्तिम चरणमा पुगेको छ र सोमबार  आधिकारिक रूपमा Action Cut Movies Nepal युट्युब च्यानलमार्फत सार्वजनिक गरिने तयारीमा छ।
निस्चल भन्छन्: यो गीत मेरो जीवनको कथा जस्तै हो। म आफूलाई मात्रै होइन, मेरो गाउँ, समाज र युवाको आवाजलाई गीतमार्फत बोल्न चाहन्छु। काण्ड भनेको केही गलत मात्र होइन, कहिलेकाहीँ परिवर्तनको सुरुवात पनि हुन सक्छ।”

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ